बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोभिडमा भिडैभिड !

कोभिडमा भिडैभिड !

सरोकारवाला वर्गले नै उलंघन गर्छन्, जनस्वास्थ्य मापदण्ड ।


  • बिनोद ढुंगाना
  • साउन २८ २०७८, बिहिबार

तनहुँ/शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लावलस्करसहित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको निरीक्षण गरे । भिमादस्थित जनज्योति क्याम्पसको वृक्षारोपणमा सारिक भए ।
ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर सदस्य गुमाएका परिवारलाई राहत दिने कार्यक्रममा पुगे । गाउँपालिकाले आयोजना गरेको बधाइतथा स्वागत कार्यक्रममा पनि उपस्थित थिए, जहाँ सयौँको संख्यामा ऋषिङवासी भेला भएका थिए । तनहुँ प्रशासनले निषेधाज्ञाको बेला सामाजिक संस्कृतिक कार्यक्रममा १५ जना भन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । तर, प्रशासनको आदेशको अटेरी गर्दै मुख्यमन्त्री नै कार्यक्रममा उपस्थित भए ।
शनिबार पनि यस्तै दृश्य दोहोरियो । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) शुक्लागण्डकी नगर कमिटीले तेस्रो नगर सम्मेलन ग¥यो । त्यहाँ पनि प्रशासनले भनेको १५ जनाको दोब्बर तेब्बर बढी भेला भए । अतिथि थिइन्, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला । सामाजिक दूरी त परको कुरा, मञ्चमा बसेका केही अतिथिको मुखमा मास्कसमेत थिएन।
आइतबार दिउँसो जिल्ला मालपोत कार्यालय दमौलीमा सेवाग्राहीको ठेलमठेल भिड थियो । जहाँ सामाजिक दूरी कायम गर्न सक्ने अवस्था थिएन। निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय नजिकै भएर पनि मुकदर्शक भएर बसिरह्यो ।
सोमबार पनि जिल्लाका विभिन्न स्थानमा विश्व आदिवासी जनजाती दिवस भिडभाड गरेर मनाइयो । सोमबार र मंगलबार कोरोनाबाट बच्न भेरोसेलको दोस्रो डोज लगाउन खोप केन्द्रमा पुगेकाहरुको भीड पनि कम रहेन। यी केवल४ दिनका प्रतिनिधिमूलक भीड हुन् ।
स्थानीय सरकारकै आयोजनामा कार्यक्रम भइरहेका छन् । सरकारी कार्यालयमा भीड । खोप केन्द्र, उस्तै भद्रगोल । बजारमा, मन्दिरमा भीड छ । सार्वजनिक यातायात, बैंक जताततै भिड ।कोभिडले ‘नो भिड’ भन्छ । खुकलो लकडाउनसमेत कार्यान्वयन गराउन प्रशासन चुकेको प्रष्ट देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भने प्रशासनलाई जानकारी आएसम्मका कार्यक्रमहरु रोक्दै आएको बताएको छ । महामारीकोबेला प्रशासनको भरभन्दा पनि आफैं सचेत हुनुपर्ने बताउँछन्, सिडिओ सागर आचार्य ।
‘जानकारी पायौं भने कार्यक्रम नगर्नुस भनेका छौं । रोकेका पनि छौं । कोरोना बढिरहेको बेला उहाँहरु पनि जिम्मेवारी बन्नुपर्ने हो,’सिडिओ आचार्य भन्छन्, ‘कार्यक्रम गरेको लिखित रुपमा जानकारी आए कारबाहीगर्न तयार छौं ।
सरकारी कार्यलयमा भने सेवाग्राहीको काम रोक्न हुँदैनभन्दा भिड बढेको आचार्यको भनाइछ । ‘कामकारबाही रोक्न पनि भएन। सेवाग्राहीलाई सेवा दिनुप¥यो । त्यसो हुदाँ कार्यालयमा पनि भिड भएका छन्’, उनले भने, ‘कार्यालयमा सकेसम्म दूरी कायम गर्ने गरेका छौं ।’ भिडभाड गर्ने र स्वास्थ्यको मापदण्ड पालना नगर्ने क्रम बढ्दै गएमा बजार नै बन्द गराउन बाध्य हुने उनले जनाए ।
तनहुँमा बुधबारमात्रै ३४ जना संक्रमित थपिएका छन् । यो सँगै जिल्लाभर ४ सय ३ जना कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लाका १ सय १६ जनाले संक्रमितले ज्यान गुमाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->