आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा


  • एजेन्सी
  • साउन ३२ २०७८, सोमबार

काठमाडौं/ तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन् ।

तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको छ । राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् ।

तालिवानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिवानको धम्कीपछि राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सलेह देश छाढेका थिए । अफगानिस्तानका विभिन्न क्षेत्र कब्जा गरेको तालिवान हिजो काबुल छिरेको हो ।

तालिवान काबुल छिरेलत्तै अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन् । केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->