बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा युवा संघको विरोध (फोटो फिचर)

पोखरामा युवा संघको विरोध (फोटो फिचर)


  • विजय नेपाली
  • भाद्र २ २०७८, बुधबार

पोखरा, २ भदौ–राष्ट्रपति विद्या देवी भण्डारीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै पोखरामा राष्ट्रिय युवा संघले विरोध गरेका छन् ।

सरकारी सवारीलाइ रोक्ने क्रममा युवासंघले ढुङ्गा प्रहार गर्दा आफ्नै कार्यकर्ता शिव पराजुली घाइते हुन पुगेका छन् । उनको टाउकोमा चोट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक दिपक केसीले कृषि कार्यालयको सवारीलाई सुरक्षित गन्तव्यमा पु¥याउनु बाहेक केहि नभएको बताए ।

कोणसभाको सम्बोधन गर्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेश संयोजक एवम् केन्द्रिय सचिव महेन्द्र गुरुङले २४ घण्टा भित्र अध्यादेश फिर्ता नभएमा आन्दोलन थप चर्काउने चेतावनी दिए ।

सोही सभाको सम्बोधन गर्दै युवा संघ गण्डकीका अध्यक्ष हरी लम्सालले युवा संघको आन्दोलनमा प्रहरी हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->