आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मन्त्रीका लागि आचार संहिता

मन्त्रीका लागि आचार संहिता


  • ढोरपाटन संबाददाता
  • भाद्र ३ २०७८, बिहिबार

पोखरा/गण्डकी सरकारले मन्त्रिपरिषद्का सदस्यहरुका लागि ३० बुँदे आचार संहिता बनाएको छ ।
प्रदेश सुशासन ऐन २०७६ को दफा २२ को उपदफा २ वमोजिम मन्त्रिपरिषद्का सदस्यहरुको आचार संहिता, २०७८ जारी गरिएको सरकारका प्रवक्ता भौतिक योजनामन्त्री कुमार खड्काले जानकारी दिए ।

सरकारले जारी गरेको आचार संहितामा पारदर्शीता, मितव्ययिता तथा सुशासनलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिइएको छ । आचार संहितामा मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान समेटिएको छ ।

मन्त्रीहरु मुख्यमन्त्रीप्रति जिम्मेवार बन्नुपर्ने , बाहिरी जिल्लामा जाँदा मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने,पाएको दान वा उपचार सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्री खड्काले बताए । आचार संहिताले स्वकीय वा निजी सचिव नियुक्त गर्दा योग्य र क्षमतावान व्यक्तिलाई चयन गर्ने एवं उसको कामको सूपरीवेक्षण आफैले गर्नुपर्ने प्रावधान समेटिएको छ । यद्यपि, यो प्रावधानको ख्याल गरिएको छैन । मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले योग्यतालाई भन्दा आफन्तलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->