आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले स्थायी कमिटी बैठक सुरु, नेपालको साथ छाडेका नेता सहभागी

एमाले स्थायी कमिटी बैठक सुरु, नेपालको साथ छाडेका नेता सहभागी


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७८, मंगलबार

काठमाडौं / नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरु पनि सहभागी भएका छन् ।

उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु, अमृत बोहरा, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बैठकमा सहभागी भएका छन् ।

बैठकमा कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->