आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

निर्वाचन आयोग जाँदै माधव नेपाल र महन्थ ठाकुर

निर्वाचन आयोग जाँदै माधव नेपाल र महन्थ ठाकुर


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७८, बुधबार

काठमाडौँ/ दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज बुधबार निर्वाचन आयोग जाँदैछन् ।

नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी ९जसपा० पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता सनाखतको प्रक्रिया सुरु हुन लागेको हो ।

यसअघि आयोगका हस्ताक्षर बुझाएका प्रस्तावित दुवै दलका नेताहरू सनाखतका लागि आज बिहान साढे ११ बजे आयोग जाँदैछन् । ‘बुधबार साढे ११ देखि दिउँसो २ बजेसम्म सनाखतको समयावधि तोकेका छौँ,’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमालाले न्यूज कारखानासँग भने ।

उनका अनुसार सनाखतका लागि सशरीर उपस्थित हुनुपर्नेछ । ‘सामान्य मान्यता सनाखत भनेको पहिलेको दस्तखत रुजु गर्ने हो,’ उनले भने, ‘दिल्लीमा रहनुभएका झलनाथ खनालका विषयमा आयोगले नै निर्णय गर्ला ।’

सनाखत भइसकेपछि छानबिन गर्न आयोगलाई ४५ दिनसम्म समय हुन्छ । तर, त्यतिधेरै समय नलाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->