पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले आर्थिक क्रान्ति गर्न युवा संगठित हुन हुनुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लिग (वाईसीएल) पोखरा २२ को भेला एवं सम्मेलनको मंगलबार उद्घाट्न गर्दै मन्त्री बरालले आर्थिक क्रान्ति गर्न युवाहरु सामूहिक कृषि उत्पादनमा लाग्नुपर्ने बताए ।
माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले माओवादीले नेपाली जनताको शीर झुक्ने काम नगरेको पनि उनको थियो ।वाईसीएलका केन्द्रीय सचिव विनय थापाले यही भदौ १२ र १३ गते काठमाण्डौंमा भेला गरिने जानकारी दिए ।





