आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी इञ्चार्जमा हितराज

माओवादी इञ्चार्जमा हितराज


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

पोखरा/ माओवादी केन्द्रले गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई सुम्पेको छ । पूर्वमन्त्रीसमेत रहेका पाण्डे शहीद परिवारका सदस्य हुन् ।
यसअघि पनि उनी सोही जिम्मेवारीमा थिए । तर, एमालेसँगको एकीकरणपछि उनी नेकपा गण्डकीको अध्यक्ष बनेका थिए । पछिल्लो समय सो जिम्मेवारी देवेन्द्र पौेडेलले सम्हाल्दै आएका थिए । यसपटक माओवादी केन्द्रबाट उनलाई संघीय मन्त्री बनाउने तयारी गरिएको छ । पौडेल मन्त्री बन्ने भएपछि यहाँ पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने पाण्डे इञ्चार्जमा आएका हुन् । यता, गण्डकी सह–इञ्चार्जको जिम्मेवारी यसोदा गुरुङ सुवेदीलाई दिइएको छ । उनी नेता देव गुरुङकी धर्मपत्नी हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी हरि अधिकारीले पाएका छन् । माओवादीले जिल्ला कमिटीका इञ्चार्ज तथा अध्यक्षको जिम्मेवारी एमालेसँग एकीकरण अघिकैलाई दिएको छ । अहिले कास्की जिल्ला इञ्चार्जमा राजकाजी गुरुङ ( करण ) ै पोखरा महानगरपालिकाको इन्चार्जको जिम्मेवारी प्रदेश सांसदसमेत रहेका दीपक कोइरालाले पाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->