आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

शैक्षिक गुणस्तर सुधारौँ : मन्त्री थापा

शैक्षिक गुणस्तर सुधारौँ : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारी स्कूल,सबैको लागि बन्नुपर्ने बताएका छन् ।उनले यसको लागि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनैपर्नेमा जोड दिए ।

उनी बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविमा जडान गरिएको सिसी क्यामेरा तथा बाल उद्यानको उद्घाटन गर्दै थिए । प्रदेश सरकारले नयाँ शिक्षा नीति ल्याउन लागेको जानकारी बताउँदै उनले अबको शिक्षा व्यवसायमुखी हुने बताए । बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको र सो विधेयकले बालबालिकाको हक सुनिश्चित गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->