आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एनआरएनए युवा समिति उपाध्यक्षमा गुरुङको उम्मेदवारी

एनआरएनए युवा समिति उपाध्यक्षमा गुरुङको उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७८, शनिबार

पोखरा/ युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
करिब २ दशकदेखि नेदरल्यान्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उनले वर्ष ०२१–२३ सम्मका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०११ देखि एनआरएनएको विभिन्न समितिमा रहेर काम गरेका गुरुङ एनआरएनए नेदरल्यान्ड समितिको सदस्य हुँदै २०१५–१७ मा अध्यक्ष बनेका थिए । उनले वर्ष ०१७–१९ मा एनआरएनए आइसिसी सदस्य र वर्ष २०१९–२१ मा युवा समितीको संयोजक पद सम्हालिसकेका छन् ।

कास्कीको पोखरा महानगर २७ रिठ्ठेपानीमा पुख्र्यौली घर भएका गुरुङले उनले उम्मेदवारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रतिको जिम्मेवारी अझै बढेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->