आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेसमा सबै वडाको अधिवेशन भदौ १८ मा नहुने

कांग्रेसमा सबै वडाको अधिवेशन भदौ १८ मा नहुने


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो ।

कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->