आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

निर्वाचन अधिकृत ढिलोआउँदा तीन दिन स-यो कांग्रेसको वडा अधिबेशन

निर्वाचन अधिकृत ढिलोआउँदा तीन दिन स-यो कांग्रेसको वडा अधिबेशन


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

बागलुङ/ नेपाली कांग्रेस बागलुङको वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भदौ १८ गते हुने भनिएको वडा अधिबेशन भदौ २१ गते मात्रै हुने भएको हो । बुधबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले जिल्लाको ८५ वटै वडामा भदौ २१ गते अधिवेशन गर्ने निधो गरेको सभापति दिपेन्द्र बहादुर थापाले जानकारी दिए ।

निर्वाचन अधिकृत बुधबार मात्रै बागलुङमा आएपछि तयारी नपुगेको कांग्रेसले जनाएको छ । बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णु प्रसाद शर्मालाई तोकिएको छ । २१ गते वडा अधिवेशन हुने भएपछि बागलुङका ८५ वटै वडामा कांग्रेस नेताहरुको चहलपहल हुन थालेको छ । कांग्रेस केन्द्रले गाउँ÷नगरपालिकामा भदौ २७, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १, एक मात्रै प्रतिनिधि सभा भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज ५, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १०, प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ र केन्द्रीय अधिवेशन मंसिर १० देखि १३ गतेसम्म हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->