बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

विपक्षीको माग संवोधन गरिएसँगै गण्डकीको स्थगित बर्खे अधिवेशन आह्वान

विपक्षीको माग संवोधन गरिएसँगै गण्डकीको स्थगित बर्खे अधिवेशन आह्वान


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७८, बिहिबार

पोखरा/ मुख्यमन्त्रीबाट हट्दै गर्दा गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भनेका थिए,‘ हामीसँग २७ जनाको गोलो छ, यसलाई कमजोर नसोच्नू ।’

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वमा नयाँ सरकार गठन भएपछि एमालेले आफूलाई सशक्त प्रतिपक्षीको रुपमा नै उभ्यायो । नयाँ सरकारको नीति तथा कार्यक्रम पारित गर्न दिएको एमालेले आर्थिक वर्ष २०७८/०७९ को बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त ग¥यो । बजेट अधिवेशनको क्रममा प्रतिपक्षी आक्रामक बनेसँगै बजेटबारेको छलफल गर्ने गरी असार २७ गते संसद बैठक आह्वान भयो । एमालेले नयाँ सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरी कार्यकर्तालाई बाँडेको तथा यसअघि ठेक्कामा गइसकेका क्रमागत योजनाहरु काटिएको आरोप लगाएको थियो । २७ गतेको बैठक सुरुमै अवरोध गरियो ।

असार २८ को बैठक अवरुद्ध भयो । रकमान्तरबारे छानबिन गर्न एमाले सांसदकै संयोजकत्वमा समिति गठन गरियो । विनियोजन विधेयक सदनमा पेश भयो । असार ३१ गते बजेट पारित गर्नुपूर्व एमालेले १० बुँदे ध्यानाकर्षण पत्र बुझायो । पत्रको जवाफ खोज्यो । सहमतिको प्रयास सफल भएन । सत्तापक्षले मार्सल लगाएर बजेट पारित गर्न खोजेपछि सदनमै घम्साघम्सी भयो । एमाले सांसदले मन्त्रीको सिट अगाडिको टेबुल नै उठाएर फाले । एमाले सांसदले बैठक बहिष्कार गरे । मार्सल लगाएर बजेट पारित गरियो । बजेट पारित भएसँगै सदन स्थगित भयो ।

एमालेले यसअघिको सरकारले संचालनमा ल्याएका योजनाहरु काटेको तथा क्रमागत योजनाहरुमा बजेट विनियोजन नगरिएको आरोप लगाउँदै आइरहेको छ । सदन सुरु हुँदा एमालेले यी विषयलाई जोडतोडले उठाउने तयारी गरिरहेको थियो । एमालेको यही रणनीति बुझेको सत्तापक्षले एकाएक मन्त्रिपरिषद्को भदौ १३ गतेको बैठकबाट १४ वटा क्रमागत योजनाहरुलाई पुनः बजेट विनियोजन गर्ने निर्णय ग¥यो ।सरकारका प्रवक्ता कुमार खड्काका अनुसार स्रोतको सुनिश्चितता भएसँगै ती परियोजनाहरुको लागि २३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको हो । अर्थ मन्त्रालयमा रहेको अर्थ विविध कोषबाट क्रमागत योजनाहरुको लागि यो वर्ष २० प्रतिशत रकम विनियोजन गरिएको उनले बताए ।
प्रतिपक्षीको माग संवोधन गरेसँगै गण्डकी प्रदेश सभा सचिवालयले बर्खे यही भदौ २९ गते बर्खे अधिवेशन आह्वान गरेको छ । अधिवेशनमा केही विधेयक पेश गरिने छ । यद्यपि, कार्यसूची भने भदौ २८ गते बस्ने कार्यव्यवस्था समितिले तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->