पोखरा/ नेकपा माओवादी केन्द्रले रुपा गाउँपालिका ३ मा भेला गरेको छ । रुपमा ३, पोल्याङाम भएको भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको सचिवमा भीमबहादुर विक निर्वाचित भएका छन् । सदस्यहरुमा टीका बस्नेत, भरत छिमाल, अनिल श्रेष्ठ, अजित केसी, काजीलाल श्रेष्ठ, विनोद भुजेल, संगीता भुजेल, शिला भुजेल, चिनबहादुर कुमाल, आद्वतबहादुर परियार, उमा क्षेत्री, राधा रानाभाट, त्रिकला सुनार, अप्सरा भुजेल, धनु भुजेल, रामबहादु सुनार, अर्जुन विक, श्यामकृष्ण अधिकारी र जलन कुमाल छन् ।
यसअघि भेलाको उद्घाटन गर्दे गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य दीपक कोइरालाले देश माओवादीको ऐजेन्डामा अगाडि बढेको दाबी गरे । उनले तत्कालीन समयमा नेकपा एमालेसँग समाजवादमा जाने सहमतिमा पार्टी एकता गरेपनि केपी ओली भष्ट्रहरुकै संरक्षणमा लागेकाले साथ छोड्नु परेको बताए । ‘देशमा गणतन्त्र, सविधान, संघीयता धर्मनिरपेक्षताजस्ता उपलब्धी माओवादी कै कारण आएको र तर ओली त्यसलाई ध्वस्त पार्ने दाउमा लागे,’ उनले भने ।
नेकपा माओवदीकी नेतृ निर्मला क्रान्तिले जनताले सहिद बनेर ल्याएको उपलब्धिमा विरोधीले रजाइँ गरेको आरोप लगाए । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य अमरदीप पराजुलीले संघीयताको विरोध गर्नेहरुलाई राम्रोसँग अध्ययन गर्न सुझाव दिए ।
पराजुलीले ५ वटा गाविस मिलेर रुपा गाउँपालिका बनेको भन्दै पहिले गाविस हुदा एक गाविसमा १० लाखका दरले बजेट आउनेमा अहिले रुपा गाउँपालिकामा ५० करोड केन्द्रबाट मात्रै आउने गरेको बताए । संघीयताको सही कार्यान्वयन आजको आवश्यकता बनेको पराजुलीको भनाइ थियो । जनतालाई सेवा सुविधा दिनेभन्दा पनि आफ्नै बढी सेवा सुविधा जनप्रतिनिधिले लिने गरेकोले गुनासो आउने गरेको सुनाए ।
नेकपा माओवादी केन्द्र रुपा गाउँपालिका सचिव नवराज बरालले रुपामा माओवादीप्रति जनलहर आएको दाबी गरे । उनले जनताबाट उठाएको कर जनताकै विकासका लागि बजेट आउनुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष सन्तबहादुर भुजेलले पार्टीको निर्देशनअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको र वडामापनि योजना बनाएर पार्टीको लागि काम गर्ने बताए ।





