मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

युवाको पत्र, कमरेड घनश्याम भुसाललाई

युवाको पत्र, कमरेड घनश्याम भुसाललाई


  • प्रदिप आचार्य
  • भाद्र २० २०७८, आइतबार

प्रिय कमरेड घनश्याम भुसाल,
अभिवादन ।
वदलिदो राजनैतिक परिस्थितिसंगै धैरै भन्न मन छ। सुरु कताबाट गरौं अन्योलमै रहिरहे, फेरिपनि सुरु नगरिकन मन शान्त बनाउँने प्रयासलाई आवश्यकता नै महसुस गर्न भने सकिन । यति भनिंहहँदा हजुरले बुझ्नुपर्छ कि मैले हजुर हिंडेको बाटोतर्फ आफ्ना पाईलाहरु अगाडि बढाउन सकिन। यसको लागि माफि कसले माग्नुपर्ने हो त्यो समयले बताउने छ । हजुरले त अगाडिनै बताउँदै आईरहनुभएको थियो ।
कमरेड,
हजुरकै भाषामै भन्नुपर्दा कमरेड ओलिसँग पहिला हजुरले भन्नेगरेका साईबर स्यालभन्दा हजुरको हैसियत कदापि माथि हुनेछैन, हुनपनि सक्दैन । यति भनिरहँदा हजुरप्रतिको अपमान भयो भन्ने लाग्छ भने माफि चाहान्छु।
किनभने हजुरले जस्तै मैलेपनि मेरो जीवनको अति उत्पादनसिल समय नेपालको राजनितिमा बिताएको छु । बाध्यतावस म मध्यम परिवारको मान्छे हातमुख जोड्ने बाध्यतालाई अपरिहार्यता ठानेर सामान्य जागिरमा छु । फेरिपनि मैले नेपालको राजनितिमा हाम्रो समाजको भविश्य अन्धकार छ भनेर कहिल्यै कसैलाई भनिन । किनकि म हजुरको नेतृत्वको आसामा मेरा दैनिकि अगाडि बढाँउँदै गएँ । प्राकृतिक न्यायको सिद्धान्त जस्तै अँध्यारोपछि उज्यालो जस्तै कुनैदिन नेपालको राजनितिमा पनि उज्यालो छाउने छ अनि म पनि समुन्नत समाजको बिकासको हिस्सेदार हुनेछु । यो म यसकारण भन्दैछुकि हिजो हजुरले भन्ने गरेको या भनौ हिजो हिड्ने गरेको बाटो त्योभन्दा फरक बिन्दुमा गयर रोकिने देखिएको थिएन । अझै यसरी भन्न सकेकि म भ्रममा परेछु, पार्नुभएछ अझै भन्नुपर्दा म अनावश्यक धेरै महत्वकाँक्षि पनि भएछुकि पूरा हुनै नसक्ने सपना देखेर बसेछु।
कमरेड,
मानिसलाई सपना देखाएर पूरा गर्न नसकेपछि कानुनअनुसार कारबाही हुने ब्यबस्था नेपालको कानुनमा नभएको हो या नराख्नुलाई नियत बुझौ कि आत्मआलोचित हुनुहुनेछ भनेर बुझौ ।
हजुरको जबाफले मेरो चित्त त्यसबेला बुझ्नेछ जब हजुरले हिजो मैले भन्नेगरेका, कथित क्रान्ति सफल भए या अब भन्नुसकि म हिजो झुटो प्रचारमा थिए । म झुट बोलेको थिए किनभने हजुरपनि नेपालको राजनैतिक नेतृृत्व जो कम नैतिकवानको सुचिमा पर्छन त्यसै सुचिको प्रतिनिधित्व गर्नुहुन्छ। म जस्ता तमाम युवाहरुले हजुरको यो जबाफको अपेक्षा गरिरहनेछन।
राजनैतिक भाषा हजुरलाईनै थाहा होला । आमनेपाली भाषामा बिचौलिया, अलि सभ्य भाषामै भन्ने हो भने मध्यस्थताकर्ताको भुमिकामा कसैको प्रतिनिधित्व गरेर बार्ता या हजुरहरुले गरेको बार्गेनिङ अझै ठूलो अपराध साबित हुन्छ होला । म यो बिषय किन भनिरहेको छु कि, यो परिकल्पनाका साथ भनिरहेको छु कि यदि यो बार्ता या बार्गेनिङ देशको हितको पक्षमा या अन्तरास्ट्रिय सिमाना लगायतको बिषयमा हजुरले प्रतिनिधित्व गरिरहेको बिषय हुँदोहो त अबस्था अबश्य काहलिलाग्दो हुँदो हो। त्यसैले हजुरलाई धन्यवाद किनकि हजुर त्यो स्थानमा अहिलेको हजुर हिंडेको बाटो हिंडेर पुग्न सम्भव छैन, यो पनि हजुरले हिजो भन्नुभएकै छ।
कमरेड,
हजुरलाई यति भन्ने अधिकार या अझै तँ मेरो सपनाको हत्यारा होस भनेर अपराधी करार गरिरहँदा मेरा सपना साकार नै हुँदैनन या सपनामै सिमित हुन्छन् भनेर आसा मारेको छैन । किनभने हामिमा अहिले बिश्वास मरेको छैन, मारिने पनि छैन । किनभने हामीमा नेतृत्व बिकास गर्ने क्षमता बिकास भएको छ या यसलाई अबसरका रुपमा ग्रहण नगरि हजुरजस्तै सान्त या अलि रुखो शब्दको खोजि गर्ने हो भने आत्मसमर्पणबादी भन्नू अनुपयुक्त नहोला । बन्न हामीलाई हिजो हजुरले सिकाउनु भएन । कतै भुलबस भन्नुभएको या सिकाउनु भएको भए मलाई सम्झना गराईदिनुस म माफि माग्न कुनै हिचकिचावट गर्ने छैन । मेरो बुझाईमा हजुरले हाल लिएको राजनैतिक निर्णयलाई मेरो सामान्य राजनैतिक चेतना भएको युबाले बुझ्ने यहिनै हो ।
कमरेड,
दुबै गलत या दुबै सहि हुनै सक्दैनन् कि हिजो हामी पनि गलत थियौ भन्नुस कि आज गलत गरिराख्नु भएको छ । अझै भनौ आन्दोलन र विचारमा बिचलन ल्याउनु भएको छ । क्रान्तिको घाटीमा पासो लगाउनु भएको छ, जसको दण्ड हजुरहरुले पाउनै पर्छ नत्र हामी अन्यायमा परेको अनुभूति गर्नेछौ ।
हस, कमरेड हजुरले बोली या भाषणले क्रान्तिकारी बन्दै गर्नुस । हामी ब्यवहारमा नै असल क्रन्तिकारी भएर केही समयको लागि अभावमै जिउने र समाजबादलार्इ जिवन्त राख्ने प्रयासमै लागिरहनेछौ । बोलिमा मात्रै, अभिब्यतिमा मात्रै क्रान्तिकारीता प्रस्तावित गरिरहन मलाई मान्य छैन ।
उही हजुरको शुभचिन्तक
प्रदिप आचार्य
बाग्लुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->