आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एकै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधि

एकै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधि


  • अर्जुन काफ्ले
  • भाद्र २० २०७८, आइतबार

स्याङ्जा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा समितिको निर्वाचनमा प्रतिस्पर्धा भइरहँदा स्याङजामा भने एकै घरका ६ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध भएका छन् । सर्वसम्मत रुपमै पुतलीबजार नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधिमा एकै घरका ६ जना निर्वाचित भएका हुन् ।
एकै घरबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेमा ख्यामनारायण पराजुली, सुगम पराजुली, कमल पराजुली, युवराज पराजुली, कृष्ण पराजुली र रमा पराजुली रहेका छन् । वडा अधिवेशनमा बाबु, चार छोरा र एक बुहारी निर्विरोध भएका हुन् ।

एकजना अपांग एकजना खस आर्य र एकजना महिला र ३ जना खुला कोटाबाट प्रतिनिधि निर्वाचित भएका हुन् । वडामा १ सय ११ जना मतदाता रहेका वडामा निर्वाचितमध्ये पराजुली थरका ७ जना रहेको वडा मतदान अधिकृत कृष्ण पराजुलीले जानकारी दिए ।
यता, नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत स्याङ्जाका सबै वडामा गठन भएको छ । ९७ वडा रहेको स्याङ्जामा ११ वटा वडामा निर्वाचनको माध्यमबाट समिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो । अन्य वडामा निर्विरोध भएको कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले जानकारी दिए ।

यहाँको आधीखोला ३, पुतलीबजार १ र १४, चापाकोट १, ७ र १०, वालिङ ८ र १४, पुतलीबजार ३ र ११ तथा अर्जुन चौपारी १ मा निर्वाचनको माध्यमबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो । सबै वडामा निर्विरोध गराउने प्रयास गरेपनि आकांक्षी धेरै भएपनि केही वार्डमा निर्वाचनमा जानु परेको रानाले दावी गरे ।
कुल १९ हजार ८ सय ३६ नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेकोमा ९७ वार्ड समिति र २ हजार १९७ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गरिएको हो । यहाँका ११ पालिका, ४ प्रदेश क्षेत्र, २ निर्वाचन क्षेत्र र जिल्ला समिति निर्विरोध गर्ने प्रयास अगाडि बढाइने रानाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->