अंग्रेजी स्कुल,कलेजमा पढेर शिक्षित भएका युवायुवती, जनप्रतिनिधिलाई आफ्नो देशको जम्मा भूगोल वास्तविक इतिहास, देशको प्रदेश, अञ्चल र जिल्लाको भौगोलिक विशेषता र महत्व समेत थाहा छैन । सुन्दा अचम्म लाग्ला तर सत्य यहीँ हो । देशको नागरिक हुनुको अर्थ नबुझ्नेलाई सत्य, यथार्थ तितो नै हुन्छ। देशभक्त नागरिक अब गम्भीर भएर चिन्तन ,मनन गर्नैपर्ने घडी आएको छ । हामीले आधुनिकताको जगमा कस्तो शिक्षा अंगालेका छाँै ? परिवर्तनको लहडमा कस्ता जनप्रतिनिधि चयन गरेका छौँ ? हाम्रा सन्तानलाई कस्तो शिक्षा दिएका छौं ?कस्ता बौद्धिक जमात उत्पादन गरिरहेका छौँ ? आफ्ना नीति नियमका पुराना दस्तावेज,पुस्तक जलाएर सांस्कृतिक धरोहर भत्काइ कस्तो राष्ट्रियतामा बाँच्न प्रेरित छौं ? ए ! साच्चिकै हामी जनता कुन नैतिकताको आधारमा नेपाली भएर बाचेछौँ ? अझै दुःखलाग्दो कुरा त के भने,अचेलका बौद्धिक वर्ग ,मिडिया जनप्रतिनिधि भन्नेहरु नेपाल इन्डिया ,चीन वा पश्चिमाले चलायो भने सस्तोमा विदेशी बाइक,कार चढ्न पाइन्छ भन्ने बहस चलाउँछन । पुर्खाले नालापानीमा बैरी अंग्रेजसँग लडेर बहादुर बनेका हामी
गोर्खली व्यक्तिगत स्वार्थमा देश बेच्ने हतारमा छौँ । अचेल म सोचमग्न छु । पश्चिमी मिसिनरीको लहडमा आफ्नै मौलिकता,इतिहास जलाएर ल्याएको आधुनिक शिक्षाले दिएको असली राष्ट्रियताको उपलब्धि यही हो त ?
म सोध्न चाहन्छु –ती परिवर्तनका मतियारलाई मौलिक परम्परा,संस्कृति र इतिहास जलाएर ,राष्ट्र निर्माताको शालिक ढालेर के पायो देशले के पाए जनताले ? राज्य दोहन गरेर आफ्ना सन्तान अमेरिकी र बेलायती विश्वविद्यालयमा पढ्न पठाएर दीक्षान्त समारोह भन्दै कालो टोपीमा सेल्फी खिच्ने । राज्य दोहन गरेर आफ्नो दैनिकी र आर्थिक हैसियत अमेरिकी राष्ट्रपतिको जस्तै बनाउन खोज्नेको जीवनमा भने भयंकर परिवर्तन भएको छ । तर, देश र नागरिकको अवस्था भने झनझन वैदेशिक ऋणले थिच्दै पातलमा भासिदै छ । पढ्दैगरेका युवापिंढीलाई भविष्यमा के बन्ने भनेर सोध्यो भने, निराशाबाहेक केही पाइँदैन । बनिबनाउ जवाफ ! ‘आफन्त परदेशमा छन् । अब म पनि उतै जाने, नेपालमा केही छैन । यहाँ बसेर आफ्नो भविष्य कस्ले बिगार्छ ?’ भन्ने उत्तरसँगै प्रश्नावली तेस्र्याउँछन् । यस्ता युवा जमात देख्दा कुन देशभक्त नेपालीको मन कटक्क खाँदैन । देशलाई सर्वश्व मान्ने कुन नेपालीको मन रुँदैन ? के परिवर्तन,उपलब्धि भनेको यही देख्नलाई हो ?राज्यले वार्षिक शिक्षाको लागि पूर्ण बजेटको १०÷१२ प्रतिशत खर्छ गर्दै आएको छ । त्यस्तै प्रत्येक वर्ष विदेशमा पढ्न जाने (७० वटा राष्ट्र अहिलेसम्म सरकारी आंकडा हेर्दा) विद्यार्थीको संख्या औषतमा ६५ हजार देखिन्छ । त्यसरी बाहिर पढ्न जादा वार्षिक १ खर्ब २० अरब विदेसिन्छ । सरकारसँगै नेपाली जनताले व्यक्तिगत रुपमा गरेको खर्बाँै लगानीद्वारा उत्पादन गरिएका हजाराँै देशको बौद्धिक नागरिक पनि बाहिरिएर जान्छन् । फर्केर आउँदा देश नै विखण्डन गर्ने बैरी भएर भित्रिन्छन् । के यस्तै बौद्धिक समूह उत्पादन गर्न हजारौं नागरिकले तनको आहुती दिएर ल्याएको परिवर्तन ? लाग्छ, परिवर्तन भनेको सबै राज्यको ढुकुटी रित्याएर इन्डो पश्चिमी मिसिनरीमा जानीनजानी फसेर व्याक्तिगत लाभांश लिने मात्र रहेछ । यो सम्पूर्ण कुरा आम बौद्धिक वर्गले बुझेर पनि मौन छन् ।
अमेरिकी समाजवाद र कम्युनिस्ट माक्र्सवादी राजनीतिले विद्यालयदेखि नै पार्टीको कार्यकर्ता बनाएर माक्र्सवाद र समाजवादका कुरा सिकाउँछ । तर,नेपाली राष्ट्रियता,मौलिकता र इतिहास कहिल्यै सिकाउँदैन । जब देशको इतिहास ,मौलिकता र नागरिकविहीन भएको देश कुन पो विकसित भएको छ र ,नेपाल बन्छ ? विक्रम संवत २००४ सालतिर पश्चिम बंगाल,बनारसहँुदै गोरखपुर र देहरादुनमा उत्पादन गरिएको दलका नेता कार्यकर्ता र राजनीतिका कुरा नगर्नु नै उचित होला । तिनमा बिखण्डन र द्वन्द्वात्मक भावना बढी छ भने राष्ट्रियता र देशभक्तिको चासो करिब शुन्यप्रायः नै छ । विदेशी हस्तक्षेपलाई निम्ता दिएरै आफ्नै सरकार ढाल्ने । एकले अर्कोलाई सिध्याएर आफू सत्तामा पुग्ने प्रवृत्ति देख्दा उदेक लाग्छ । गणतन्त्र ,धर्म निरपेक्षता,संघीयता र समावेशीताको कुराले नेपाली नागरिकबीचमै उत्पन्न टकराब हेराँै । जनतामा अर्को चरम निराशा छ । पश्चिमी मिसिनरीका मिसनमा लागेर राजनीति गर्ने नेताका स्वार्थलाई नियालौँ। समाबेशीका नाममा फलानो अहिन्दू ढिस्कानो शरणार्थी, यो पहाडी त्यो मधेसी ऊ इसाई त्यो मुसाई , ती चुच्चे यी थेप्छे भन्दै गरिएको वर्गीकरणले आज मिलेर बनाएको भाइचारा संबन्ध र नेपालीत्वको भावना लगभग सकिएको छ । बुद्ध जन्मेको देशका कुना कन्दरामासमेत द्वन्द्वका बाछिटा छरपस्ट देखिन थालेको छ ।
देशको गंजागोल अवस्था बहुदलीय व्यवस्था हुँदै रोपिएको हत्याहिंसा त्यसैको जगमा टेकेर आएको विदेशीका दस्तावेज(संबिधान) छिद्रमा घुस्दै कम्युनिस्ट ,कांग्रेस र समाजवादको केन्द्रमा रहेर इसाई मिसिनरीले देशको मौलिकता संस्कार संस्कृति धर्म सबै सके । तर, बैरिलाई निस्तेज पार्नुको सट्टा तिनै देशद्रोहीहरुलाई पटक पटक सत्तामा पु¥याइयो । अब देशमा राजनीति गर्ने दल नामका दलाल पाखण्डीलाई कारबाही गर्दै धर्म, संस्कृति संरक्षणका खातिर एकजुट हुनैपर्छ । देश, जनताको पहिचान मासेर बैरिलाई चुला–चौका सुम्पेको सहन देशभक्त नेपालीको इमानले दिँदैन । तर, जसले बोल्न पर्ने हो त्यसले नबोल्ने र बैरिको चाकरी, गुलामी गर्ने प्रवृत्तिको बोलवाला छ । अचेल सामाजिक संजालमा होस अथवा सार्वजनिक स्थलतिर नै किन नहोस्, प्रायः सबै मान्छेहरुको आक्रोश र गुनासो छरपस्ट देख्न र सुन्न सकिन्छ । यो व्यवस्थाले भएन। अब आन्दोलनको आँधीबेहरीले जरैदेखि सफाई गर्नुपर्छ । म अन्योलग्रस्त छु । व्यवस्था बदन्ल वा फाल्न सक्ने नेतृत्वदायी भुमिका खेल्ने को ? के यिनै पंचायतदेखि अहिले गणतन्त्र सम्म सत्तामा रजाइँ गर्नेलाई नै नेतृत्व सुम्पिदिने ? कुन दाताले लगानी गर्छ हाम्रो नयाँ व्यवस्था ल्याउन भ्याटिकन चर्च ,कोरियन चर्च ,अमेरिकी गुप्तचर संथा कि युरोपेली युनियन वा मुस्लिम जिहादले सक्छ ? किनकि यहाँ हरेक नेपाली बिकाउ छ । कोही पदीय लाभमा त कोही एक छाक मीठो मसिनोमा आफ्नो जन्मभूमि र जननी नै दाउमा लगाउदै आएको कुरा सबैलाई जगजाहेर नै छ ।
व्यवस्था परिवर्तनको नाममा मिसिनरिका मिसन अनुसारको आन्दोलन र क्रान्ति गर्दै आएका नेपालीले २००७ सालको आन्दोलन र परिवर्तनले २०१७ सालसम्म के–के उपलब्धि हासिल गरे ? हाम्रो बौद्धिक वर्गलाई त्यो इतिहासको कालो पोतिएको इन्डियन पश्चिमा मिसनको छलकपटपूर्ण दस्तावेज खोतल्न किन कन्जुस्याइँ ? एक सार्बभौमसत्ता देश भित्रको मामिलामा इन्डियन नेताले चाक्सिबारीमा आएर दिनदहाडै हस्तक्षेप गरेर उनकै मिसनमा गरिएको २०४६÷४७ मा गरेको आन्दोलन र ल्याएको व्यवस्थाले गर्दा देश जनताले ले के कति दुर्दशा भोग्दैछन् । आर्थिक समृद्धिमा देश कहाँ र कसरी भुमरीमा भासियो ? बहुदलीय राजनीतिले कस्तो दिशानिर्देश ग¥यो, त्यता मूल्यांकन गर्ने कि नगर्ने ? विदेशी इसाई मिसिनरिलाई निम्ता दिएर वा तिनकै दस्तावेज बोकेर आफ्नै दाजुभाइको हत्या गरेर ल्याएको परिवर्तनले देशको अर्थतन्त्र खुलाबजारको निति अवलम्बनले कल–कारखाना, यातायात र नदीनालामा व्यापारीकरण गरेर सिध्याउनु, सरकारी धन, राष्ट्रिय सम्पत्ति बेचेर कमिसन हत्याउन बाहेक खास प्रगति के रह्यो ? परिवर्तन समृद्धि,अग्रगामी,आर्थिक छलाङ भन्ने तत्व नेताकार्यकर्तालाई त मज्जैले आएको छ। देश र जनताको जिवनमा के कति परिवर्तन भो ? अब आम जनताले मूल्यांकन समीक्षा गर्न ढिलाइ गर्नु हँुदैन । हुनतः यति लेख्दै गर्दा प्रतिगामी भन्ने आरोपसमेत आउन सक्छ । चाहे यथास्थितिवादी,प्रतिगामी होस् वा अग्रगामी जो कुनै होस् । यदि तिनमा देशको माया छैन भने त्यो देशको लागि अनुपर्युक्त नै ठहरिन्छ ।
तत्कालीन विद्रोही नेताले युरोपेली युनियनको उपकरण, भ्याटिकन चर्चको लगानी, अमेरिकाको युद्ध तालीम र इन्डियन भूमि प्रयोग गर्दै मिसिनरीको योजना मुताविक शान्तिभूमि देशमा गरेको हत्याहिंसा र विध्वंसको तथ्यांक माओवादीलाई सहयोग गर्ने इन्डियनबारे डाक्टर के.बि. रोकायले खुलासा गरिसकेका छन। १२ बुँदे सहमति ०६२÷६३ को आन्दोलन पछि आएको गणतन्त्र, संघीयताको उदय भयो । हजारौं जनताको रगतले सिंचाइ गरेको गणतन्त्रको महान उपलब्धि भनेको आन्तरिक कलह,वैदेशिक हस्तक्षेप,युवा शक्ति पलायन,भ्रष्टाचार,अराजकता,बलात्कार,जातीय,भाषिक,धार्मिक,क्षत्रीय द्वन्द्व सिवाय केही छैन । विदेशीका एजेन्डा, सहयोगमा खोलेका दल तिनका राजनीतिक अनि तिनले गरेको आन्दोलन क्रान्ति भनेको देशलाई माथि उठ्नै नदिने चाल रहेछ भनेर नेपाली प्रष्ट हुनैपर्छ । २०६३ पछि उदाएका नव धनाढ्यहरुले(दलका नेताकार्यकर्ता र तिनका आफन्त) बाहेक जनताले वास्तविक गणतन्त्र र संघीयताको अर्थ सम्म बुझेका छैनन । महसुस गर्नु त परको कुरा भयो । नेपालीको मौलिक परम्परा,इतिहास,नैतिकता धर्म संस्कार ,संस्कृति आफ्नो पन सबै हरायो । अब नेपालीहरु नेपाली रहेनौँ । हामी माओवादी, एमाले, कांग्रेस, राप्रपा,समाजवादी हुँदै खसआर्य, जनजाति ,दलित लगायत हिमाली पहाडी र मधेसी भएका छौ। अझै स्पष्ट भन्दा हिन्दु ,इसाई,बौद्धिष्ट र मुस्लिम हुँदै हरेक पलपलमा खण्डित भएको छाँ ै।
एनजीओ ,आइएनजिओको लगानीमा खुलेका दल,सामाजिक अभियन्ता,अनेकौं अधिकारवादीको आवरणमा नयाँ–नयाँ अनुहार देखिए पनि तिनका एजेन्डा बिदेशीका वाद बोकेर व्यक्तिगत स्वार्थ वा,पदीय,आर्थिक लोभमा परेर नारा जुलुस गर्दै सडकमा उफ्रिनु,युट्युबमा अराजकता ओकल्नेबाहेक केही प्रगतिशील योजना छैन । त्यस्तै उत्तेजना फैलाउने भिडियो फेसबुक र युट्युबमा अपलोड गर्ने, समाजिक सद्भाव भड्काउनेलाई जनताले बेलैमा तह लगाउनपर्छ । सडकमा अराजक युवा जमात उचालेर,एक अर्काप्रति आरोपप्रत्यारोप गर्दै अश्लीलता प्रकट गर्ने, टायर बालेर नेपाल बन्द गर्दै एक नेपालीले अर्को नेपालीको हत्या गरेर परिवर्तन खोज्नेलाई जनताले अफगानिस्तानका राष्ट्रपतिलाई लखेटे जस्तै लखेट्नै पर्छ । अचेलको महत्वपूर्ण कुरा भनेको दलका नेता र तिनको राजनीति कसले र कसरी चलाएको छ ? त्यो बुझ्नु नै आजको सबैभन्दा महत्वपूर्ण पाटो हो । अब नेपाली नागरिकले निर्वाह गर्ने भूमिकाको मुख्यपाटो भनेको नैतिक जिम्मेवारी, सामाजिक दायित्व,भाइचारा सम्बन्ध,इतिहासलगायत विभूतिको सम्मान ,आफ्नो मौलिकताको जगेर्ना गर्दै आफ्ना सन्तान देशको कर्णधारलाई हाम्रो वास्तविक इतिहास, नैतिकता सिकाएर म नेपाली हुँ , कार्यकर्ता हैन नेपाली हुनुपर्छ भन्ने भावनाको विकास गर्दै अगाडी बढ्नुको विकल्प छैन । देशको माटो सुहाउँदो शिक्षा दिनु आजको आवश्यकता हो ।स्वर्गीय राजा महेन्द्रले भनेजस्तो म मरे पनि मेरो देश बाँची रहोस् भन्ने मूल भावना युवा जन–जनमा जागरुक गराउन नितान्त जरुरी भैसकेको छ । संस्कृति, संस्कार,मौलिकता बाँचे देश बाँच्छ, देश बाँचे हामी नेपाली रहिरहन सक्छौँ । सचेत बनौं ।
जय मातृभूमि, जय जननी !





