आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नक्सा सार्वजनिक भएदेखि प्रपञ्च सुरुभयो : ओली

नक्सा सार्वजनिक भएदेखि प्रपञ्च सुरुभयो : ओली


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

पोखरा/ नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेखलाई नक्सामा समेट्दा आँफुले सत्ता गुमाउनु परेको बताएका छन् । नक्सामा समेटिएको दिन देखिनै आफ्नो सरकार ढलाउने प्रपञ्च सुरु भएको दावी गर्दै ओलीले राष्ट्रप्रेमी निर्णयको बिरुद्धमा सबै शक्ति लागेको बताए ।

एमाले बिभाजन गरेर नेकपा समाजबादी पार्टी गठन गरेका नेता माधव नेपाललाई ओलीले पार्टीमा अडिनै नसक्ने नेता भएको आरोप लगाए । उनले भने ‘पार्टीमा बस्नै नसक्ने वातावरण किन बन्यो भन्ने प्रश्न गरे । त्यही पार्टीमा बस्ने, त्यही पार्टीको अध्यक्षको पुत्ला जलाउने प्रवृत्ति सुरु भयो ।

एकीकरण गर्न सुरु गरिएको थियो तर एकीकरणको बाटो छाडेर अपवित्र गठबन्धन गरेर प्रतिक्रियावादीको हातमा पार्टी बुझाउन खोजियो ।’ पोखरामा नेकपा एमालेले आयोजना गरेको बृहत कार्यकला भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधव नेपालले पार्टी कब्जा गर्ने रणनीति बनाएको दावी गरे । तर प्रचण्ड माधवले गर्दा पनि एमाले कब्जा हुन नसकेको भन्दै ओलीले कार्यकर्तालाई धन्यवाद दिए । उनले माधव नेपाल बिग्रेको मात्रै नभएर पतन भएको आरोप लगाए । ओलीले भने ‘ संसद बचाउनु थियो ।

संसद नबच्ने अवस्था नदेखेपछि, काम गर्न पनि नसक्ने, बच्न पनि नसक्ने भएपछि संसद विघटन गरेको थियो । कांग्रेसले विघटन ग¥यो, सदर, एमालेले विघटन ग¥यो भने बदर, यो पहिल्यैदेखि हो ।’ अदालत प्रति कटाक्ष गर्दै ओलीले फलानालाई प्रधानमन्त्री भनेर दिनु गलत भएको बताए । ५२ सालमा मनमोहन अधिकारीलाई पनि सर्वोच्चले नै हटाएको उनको दावी थियो । ‘ संसदमा आएको भए पार लाग्ने थिएन, पहिले नियुक्त गरेर मात्रै संसदमा आयो । मैले विश्वासको मत मागेँ, कस्तो षड्यन्त्र भयो तपाईं बुझ्न सक्नुहुन्छ ।

प्रचण्डको त्यत्रो विरोध छ तर विश्वासको मत फिर्ता लिँदैनन् । त्यो फिर्ता लिने बित्तिकै विश्वासको मत माग्थेँ त्यही देखेर लिएनन्’ ओलीले भने ‘माधव नेपाल आफ्नै २७ जना लिएर गए । संसद बचाउन भोट दिँदैन ? सरकार ढालेर संसद बच्छ ? अहिलेको संसद बचेको सरकार हो ? लोकतान्त्रिक अभ्यासमा यस्तो परम्परा छैन । तर नेपालको सर्वोच्च अदालतले ग¥यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->