आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माधव बिनाको एमाले राम्रोसँग अघिबढ्छ : ओली

माधव बिनाको एमाले राम्रोसँग अघिबढ्छ : ओली


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

पोखरा/ एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल विनाको एमाले अब राम्रोसँग अगाडि बढ्ने बताएका छन् ।
आज पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले माधव नेपाललाई कुपुत्र र कुहिएको फर्सीको संज्ञा पनि दिए ।

उनले भने ,‘माधव नेपाल पतनै भइसके । अब माधव नेपाललाई अब माधव नेपाल, माधव नेपाल बिनाको एमाले अब राम्ररी अगाडि बढ्छ । फर्सी भित्रभित्रै कुहियो । नेता त नेता भन्दै हिँड्न भएन, चुप्पै लाग्नुप¥यो, तपाईं पनि स्वागत गर्दै हुनुहुन्थ्यो, मलाई अपमान गरियो भनेको छ, भित्रभित्रै सडेको छ । एउटा कुपुत्र जन्मियो भने कुल नै समाप्त पार्छ, हाम्रो पार्टीमा एउटा कुपुत्र जन्मियो । एउटा रुखको टोड्कोमा भएको आगोले सम्पूर्ण जंगल सखाप बनाउँछ । यहाँ एकाध पात प्राकृतिक प्रक्रियामा झरेका हुन् । पात झर्दै गएको हुन्छ, पलाउँदै गएको हुन्छ । पार्टी नै समाप्त पार्न खोजेको हैन ? त्यो पार्टी खोस्न र कब्जा गर्न खोज्नेलाई एक्लै जाऊ भनेर पठाइदिएको हैन ? ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->