बागलुङ/ राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाव्यापी रुपमा प्रशिक्षण भेलालाई तिव्र बनाएको छ । प्रशिक्षण भेला अन्तर्गत बागलुङको बडिगाड गाउँपालिका वार्ड नम्वर १० दर्लिङमा कार्यक्रम सम्पन्न भएको छ । भेलाले पूर्णबहादुर विकको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुजमान बुढा, सचिवमा उतिप्रसाद परियार, सह–सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा पुर्णाकुमारी सुनार लगाएत रहेकाछन् । भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेलले गरे ।
कार्यक्रममा नेकपा मसाल बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, अखिल नेपाल युबक संघ केन्द्रिय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल युवक संघ जिल्ला कोषाध्यक्ष अनिल गिरी, राष्ट्रिय जनमोर्चा बडिगाडका सचिव ईश्वरमान विक, दुर्गाबहादुर बुढा, नरबहादुर बिक पुर्णाकुमारी सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । भेला मेहरसिंह छन्त्यालको अध्यक्षता, दुजमान थापाको स्वागत र सुशील बुढाको संचालनमा सम्पन्न भएको थियो ।





