मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

यसकारण लामो पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

यसकारण लामो पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’


  • घनश्याम सापकोटा
  • भाद्र २४ २०७८, बिहिबार

नामाकरण गर्ने सूचनामा उल्लेखित पक्षः अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यस्थल विकास गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व झल्किने प्राकृतिक नामाकरण गर्नुपर्ने ।

पृष्टभूमी :
कालीगण्डकी वा कृष्णगण्डकी समग्रमा गण्डकी नामले चिनिने संसारको सवैभन्दा गहिरो गल्छी हुँदै बगिरहने सुनौला हिमश्रृङ्खला ९न्यमिभल ज्ष्mबबिथबल० को काखमा रहेका धार्मिक पर्यटकीय स्थलहरु लोमाङथाङ, मुक्तिनाथ, कागबेनी जोमसोम आसपासका भूभाग हुँदै समगम रुपले बगिरहने कालीगण्डकी नदीमा पानीका स्रोतहरु धौलागिरी हिमाललाई उद्गल स्थल बनाएर बग्ने राहुघाट खोला (गलेश्वर मन्दिर) बेनी बजारमा म्याग्दी खोला मिसिएर बगिरहेको गण्डकी नदीले बागलुङ नगरपालिका र बागलुङ बजार कालिका भगवती मन्दिरलाई दायाँ र पर्वत कुश्मा बजार बायाँ भागमा राख्दै काठेखोला, मोदिखोला,आँधिखोला, रुद्रबेनीमा बडिगाड खोलाका पानीका स्रोतहरु गण्डकी नदीमा मिसिई देवघाटमा पुगी यो नदी नारायणी नदीमा मिसिन्छ र मिसिएपछि पनि गण्डकी नदीको नामले नै चिनिन्छ । यसै नदीको नामबाट नेपालका सात प्रदेश मध्ये प्रदेश नं. ४ को नामाकरण गण्डकी प्रदेश रहेको छ ।

५६७ मिटर लम्बाइमा अवस्थित पुल बागलुङ जिल्ला बाग्लुङ नगरपालिकाको वडा नं. १ शहिद पार्क हुँदै पर्वत जिल्लाको कुश्मा नगरपालिका– १ पाङ अदुवारी जोडने पुलको ठिक बिच भागमा उभिएर हेर्दा विहानको समयमा पूर्वतर्फ सुनौलो सुर्योदय (Golden sun) र उत्तरतर्फ सूर्यका किरणले सुनौलो धौलागिरी हिमाल (Golden Mount Dhaulagiri) देखिने हुनाले पुलको नामाकरणमा नदीको नाम गण्डकी र पुलबाट देखिने सुनौला हिमालका दृष्य तथा कालीगण्डकी नदी भित्र सुन समेत भेटिने तथ्यलाई जोडेर नामाकरण गर्नु उपयुक्त हुने देखिन्छ । साथै पुलवाटै पूर्वतर्फ प्रशिद्ध कालिका मन्दिरलाई नियाल्न सकिन्छ भने उत्तरतर्फ सुनौला हिमश्रृङ्खला देखिनुको साथै पर्वत पाङको अदुवावारी हुदै माथि सिजालीको धुरीबाट वरीपरी हेर्दा पर्वत, बागलुङ र म्याग्दी जिल्लाका प्रशिद्ध धार्मिक पर्यटकीय स्थलहरु दृश्यावलोकन गर्न सकिन्छ ।

गण्डकी गोल्डेन ब्रिज : तस्वीर ढोरपाटन ।

नामकरणको सन्दर्भमा
नेपाली तथा विदेशी नागरिकले सजिलैसँग बोल्न, लेख्न सकिने जनजिब्रोको शब्द छनौटबाट नामाकरण गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नामवाटै आकर्षण गर्न सकिने मनसायले धार्मिक, सांस्कृतिक र प्राकृतिक यथार्यता सहित सम्बन्धित नदी (पुल अवस्थित नदी) वरपरको दृश्यालोकनबाट देखिने दृश्य साथै पुलको शिलन्याय र उद्धाटन समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, बागलुङ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख,जनप्रतिनिधी लगायतका अतिथिहरुले पुलको सन्दर्भमा दिएको मन्तव्यलाई मध्यनजर राख्दै राष्ट्रिय अन्तर्राष्ट्रिय चिनारी झल्काउने गरी गिनिज बुकमा नाम लेखाउन साथै संसारका अन्य पुलको नामसँग नामाकरण नदोहोने गरी नामाकरणले विहान सुर्योदय, मध्यान्ह र बेलुकी सुर्यास्त समय (Sunrise Afternoon and sunset) विभिन्न समयमा अवलोकन गर्दा अवलोकन गर्दा सम्बन्धित नदीको नाम, पुल वारपार गर्दा देखिने दृष्य लामो पुल र नदी देखि पुल सम्मको उचाई समेतलाई मध्येनजर गर्दा नेपाली तथा विदेशी नागरिकहरुले सहजै रुपले बोल्न लेख्न सक्ने गरी यस पुलको नाम ‘गण्डकी गोल्डेन व्रिज’ (Gandaki Golden Bridge) राख्न प्रस्ताव पेश गरेको छु ।
बागलुङ नगरपालिका–५, मालिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->