बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अस्पतालको आवश्यकता पूरा गर्छौं : अर्थमन्त्री बराल

अस्पतालको आवश्यकता पूरा गर्छौं : अर्थमन्त्री बराल


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७८, शनिबार

पोखरा – गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताएका छन् ।
पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री बरालले प्रदेशको अस्पताललाई साधन सम्पन्न बनाउने प्रतिवद्धता व्यक्त गरे ।
आवश्यकताको आधारमा अस्पतालको भौतिक पूर्वाधारसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारले पहिलो प्राथमिकता राखेर सहयोेग गर्नैपर्ने मन्त्री बरालको भनाइ थियो ।
अस्पतालका निर्देशक डा.विकास गौचनका अनुसार अस्पतालमा नयाँ भवन सहितको अब क्यान्टिन, पार्किङलगायतका भौतिक संरचना निमार्णको क्रममा रहेको छ । ५० बेडको कोभिड उपचार केन्द्रमा हाल २७ जना बिरामीहरुको निःशुल्क उपचार भइरहेको छ भने अस्पतालले हालसम्म करिब ८ सय ५० जना कोरोनाका बिरामीको उपचार गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->