मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मेगा लिडरसिप र संघीय नेपालको अवस्था

मेगा लिडरसिप र संघीय नेपालको अवस्था


  • प्रकाश गैरे
  • भाद्र २७ २०७८, आइतबार

सामूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । यो जुनसुकै परिस्थितिमा अरुहरुको प्रवृत्ति र बानी व्यहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया पनि हो । नेतृत्व बिना समग्र संगठनको उद्देश्य हासिल गर्न विभिन्न कार्य, तहगत लक्ष्य र व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । त्यसैले संस्थालाई सही मार्गतर्फ डो¥याउन पनि नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी हुन जरूरी छ । यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो¥याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ ।

नेतृत्वको प्रमुख उद्देश्य नै महत्वपूर्ण लक्ष्य हासिल गर्न प्रभावित गर्नु हो । नेतृत्व व्यवस्थापनको अत्यन्तै महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ । नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्छ । कुनै पनि संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता, नैतिकता र मिलनसार व्यवहार हुनु जरूरी हुन्छ । नेपालका राजनीतिक दल गुटगत स्वार्थको नेतृत्वभन्दा माथि उठ्न सकेका छैनन् । त्यो नभई राष्ट्रको नेतृत्व गर्न सक्ने नेतृत्व विकास हुन सक्दैन । राजनीतिक सामाजीकरणकै हकमा पनि नेपाल पछाडी धकेलिएको छ । नेपालमा आजसम्म मुलुकको सर्वाङ्गिण विकासका लागि चाहिएको सही नेतृत्व कस्तो हो भन्ने सबालमा बहस हुन सकेको छैन । यो अत्यन्तै दुखको कुरा हो ।

तपाईँका हाकिम कस्ता छन् ? आत्मविश्वासी ? निर्णायक ? उनीसँग सबै प्रश्नको जवाफ हुन्छ ?

अधिकांश मानिस असल नेतृत्वका गुण के हुन् भनेर सोध्दा यस्तै कुरा भन्छन् ।
तर, डाक्टर ज्याकलिन बाक्सटरका अनुसार हामी सबैले अब त्यसबारे पुनर्विचार गर्नुपर्छ ।
‘तपाईँ आफ्नो आसपास रहेका नेतालाई हेर्नुहोस्,’ द ओपन युनिभर्सिटीमा पब्लिक पोलिसी एन्ड म्यानेजमेन्टकी सह–प्राध्यापक रहेकी उनी सुझाव दिन्छन् ।

‘के तपाईँले शान्त, विवेकी, कुराहरू सुन्ने र ध्यान दिएर निर्णय लिने व्यक्तिहरू देख्नुहुन्छ ? कि तपाईँले बिल्कुलै फरक देख्नुहुन्छ ?’

डाक्टर बाक्सटरको तर्क साधारण छ । उनी भन्छिन्, चर्को बोल्ने, तत्कालै समाधान दिने वा लोभलाग्दो मानसिक निर्णय क्षमता भएका आत्मविश्वासी व्यक्तिहरू सधैँ असल हाकिम बन्न सक्दैनन् ।
सहजै खुल्न सक्ने व्यक्तिकै नेतृत्वमा बढी प्रतिनिधित्व तर कर्मचारी बेखुश अहिलेको संकटपूर्ण परिस्थितिमा विचार पु¥याएर निर्णय लिनुपर्छ र शान्त नेतृत्वले त्यसो गर्न सक्ने उनले तर्क गरिन् ।
सहजै घुलमिल हुने व्यक्तिहरू उपल्लो नेतृत्वदायी पदहरूमा हावी छन् । एउटा अध्ययनले ९८ प्रतिशत माथिल्ला व्यवस्थापकहरूसँग त्यस्तो घुलमिल हुने क्षमता ‘उच्च वा औसतभन्दा बढी रहेको पाएको थियो । तर मानिसहरू पूर्ण रूपमा आफ्नो नेतृत्वसँग सन्तुष्ट भएका छैनन् ।’

सन् २०१७ मा अमेरिकी कार्यस्थलको अवस्थाबारे ग्यालपले गरेको सर्वेक्षणले उनको सिद्धान्तलाई बल दिन्छ ।
उक्त सर्वेक्षणमा आफ्नो सङ्गठनको नेतृत्वले बाँकी कर्मचारीसँग प्रभावकारी सञ्चार गरिरहेको भन्ने विषयमा १३ प्रतिशतले मात्रै पूर्ण सहमति जनाएका थिए ।
आफ्नो भविष्यका बारेमा ‘उत्साहित रहेकाको संख्या १५ प्रतिशत मात्रै थियो र पाँचमध्ये एक कर्मचारीले मात्रै आफ्नो सङ्गठनको नेतृत्वसँग स्पष्ट दिशा रहेको धारणा राखेका थिए ।

के त्यसो भए यो दुईवटा विषय जोडिएको छ ?

डा. बाक्सटर यो संयोगमात्रै नभएको ठान्छिन् ।
उनले भनिन्, ‘मलाई लाग्छ हामीले प्रभावकारी नेतृत्वलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणलाई पुनः परीक्षण गर्नुपर्छ ।’ आफ्नो अनुभवलाई जोड्दै उनी भन्छिन्, अधिकांश नेतृत्वसम्बन्धी तालिमले घुलमिल हुने गतिविधिहरू जस्तै सम्पर्क विस्तार र प्रस्तुतिलाई ध्यान दिएका हुन्छन् । उनले भनिन्, ‘त्यसले शान्त व्यक्तिहरूलाई गलत ढङ्गले सम्भवतः आफूसँग ‘असल नेतामा हुनुपर्ने गुण नरहेको ठान्न बाध्य बनाउँछ ।’

उसो भए के ले असल शान्त नेता बनाउँछ र त्यसका लाभ के छन् ?

डाक्टर बाक्सटरले रोजा पार्क, महात्मा गान्धी वा बिल गेट्स शान्त नेतृत्वको उदाहरण भएको बताइन् ।
उनले कम बोल्ने व्यक्तिहरूले धेरै लाभ ल्याउने उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूले अझ बढी सुन्नसक्ने र आफ्नो समूहका विचारहरूलाई मन्थन गरी सोचेर मात्रै कदम चाल्ने बताइन् ।
कम घुलमिल हुने व्यक्तिहरूले ढिलो गर्ने नभई बढी विचार गर्ने र उपलब्धि र अवधारणामा आफ्नो समूहको हात रहेको विचार राख्ने उनले बताइन् ।
‘नेतृत्व जटिल विषय हो । तर भाषण, बलजफ्ती र पारदर्शी सोचाइको विश्वमा सम्भवतः पछाडि उभिएर सुन्नुले नेता र उनीहरूका समर्थकलाई मजबुत बनाउन सक्छ । स्रोतः– बिबिसि न्युज

एक कुशल नेताले राम्ररी कार्यसम्पादन गर्न हौसला प्रदान गर्छ । कर्मचारीहरूबाट अपेक्षित कार्य गराउन उनीहरूलाई उत्प्रेरित गर्नु आवश्यक हुन्छ । नेताले आर्थिक तथा गैरआर्थिक पुरस्कार दिई कर्मचारीहरूलाई उत्प्रेरित गर्छ । नेताको रूपमा व्यवस्थापकले योग्य कामदारहरूलाई पुरस्कारका रूपमा हौसला दिन तथा बढुवा गर्न सक्छ । कर्मचारीहरूको मनोबल उच्च पार्न कुशल नेतृत्व एक अत्यावश्यक तत्व हो । कुशल नेताले समूहको सोचाइ र मनोवृत्तिलाई आफ्नो अनुकूल गर्छ । उसले असल मानवीय सम्बन्ध विकास गरी समूहका सदस्यहरूबीच अन्तक्र्रिया गर्न सुविधा पु¥याउँछ । उसले अनुयायीहरू बीच स्वेच्छिक सहयोगात्मक र अनुशासित वातावरण कायम गर्छ । कर्मचारीहरूलाई परिवर्तनको आवश्यकताबारे विश्वस्त पार्ने संयन्त्र नेतृत्व हो । संगठनात्मक परिवर्तनको प्रमुख तत्व नै गतिशील नेतृत्व हो । एक कुशल नेताले कर्मचारीहरूबाट हुन सक्ने परिवर्तनप्रतिको अवरोध समाधान गरी परिवर्तनप्रति सकारात्मक भावना सृजना गर्छ । व्यावसायिक संगठनहरूमा कडा प्रतिस्पर्धाका कारण निर्णयहरू तुरून्तै गर्नुपर्छ । निर्णय लिन ढिलो भएमा आफूले पाउने अवसर अन्य प्रतिस्पर्धीले प्राप्त गर्न सक्छन् । तर निर्णय गर्न क्रममा व्यवस्थापकले भूत, वर्तमान र भविष्यलाई राम्रोसँग विश्लेषण गरी विवेकपूर्ण निर्णय लिएका हुनुपर्छ । कार्यसम्पादनका लागि कर्मचारीहरूलाई निर्देशन दिनु पनि नेताको महत्वपूर्ण कार्य हो । संगठनात्मक लक्ष्य प्राप्तिका लागि व्यवस्थापकले अधीनस्थ कर्मचारीहरूलाई कार्य निर्देशन दिनुपर्छ । निर्देशन दिँदा एउटा कार्यका लागि एउटा व्यक्तिलाई एउटै मात्र व्यवस्थापकले दिनु उपयुक्त हुन्छ । नेता एक्लैले संगठनका सम्पूर्ण कार्यहरू गर्न सक्दैन; तसर्थ उसले आफ्नो मातहतमा रहेका कर्मचारीहरूलाई कार्यसम्पादनका लागि अख्तियारी प्रदान गर्छ, तर अख्तियार प्रदान गरेपछि पनि संगठनका सम्पूर्ण कार्यहरूको उत्तरदायित्व भने बहन गर्नुपर्छ । एउटा योग्य नेताले या त आफैंले सङ्गठनात्मक संरचना तयार गर्छ या वैदेशिक ढङ्गले सङ्गठन ढाँचा बनाउनमा सहयोग गर्छ । यसबाट उच्च व्यवस्थापनका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नमा सङ्गठनका विभिन्न अङ्गहरू संवेदनशील हुन्छन् । नेताले व्यक्तिगत लक्ष्यलाई सङ्गठनात्मक लक्ष्यसँग उचित तालमेल मिलाउँछ, जसबाट सामूहिक हितको सिर्जना हुन्छ । उसले समूहका कार्यहरूका बारेमा राम्रो जानकारी राख्छ तथा सामूहिक प्रयासहरूको समन्वय गर्नका लागि विचार–विमर्श, छलफल गर्छ । त्यसैले सङ्गठनमा लक्ष्यहरू र कार्यहरूको समन्वय गर्नमा नेतृत्व ज्यादै महत्वपूर्ण हुन्छ । कर्मचारी कामदारलाई उचित निर्देशन दिने कार्य गर्छ ।

निर्णय प्रक्रियामा मातहतका कर्मचारीहरू सहभागी गराउने हुनाले उत्तम निर्णय गर्ने सम्भावना हुन्छ । यसमा कर्मचारीहरूको राय सुझावलाई दृष्टिगत गरी निर्णय गरिने हुनाले कर्मचारीहरू बढी सन्तुष्ट हुन्छन् । साथै उनीहरूमा बढी उत्प्रेरित हुन्छन् र उनीहरूको मनोबल उच्च हुन्छ । निर्णय प्रक्रियामा कर्मचारीहरूको सहभागिता हुने हुनाले यसले समूहको सहयोगात्मक भावना विकास गर्छ र परिवर्तनप्रतिको विरोधमा कमी गर्छ । यसले उनीहरूका गुनासाहरूमा कमी गर्छ । कर्मचारीहरूले मन लगाएर योजना कार्यान्वयन गर्ने हुनाले उनीहरूको उत्पादकत्वमा वृद्धि गर्छ । निर्माण प्रक्रियामा कर्मचारीहरूसँग छलफल गरिने हुनाले उनीहरूले आफ्नो क्षमताको पुर्ण सदुपयोग गर्ने अवसर प्राप्त गर्छन् र उनीहरूको निर्णय लिने क्षमतामा वृिद्ध गर्छ । मातहतका कर्मचारीहरूसँग विचार विर्मश गरी निर्णय गरिने हुनाले यसमा बढी समय लाग्छ । यसले समस्या समाधान गर्न र निर्णय लिने कार्यमा नेताको अदक्षता र असक्षमता झल्काउँछ । तल्लो तहको कर्मचारीहरूले संगठनको जटिल प्रकृति बुझ्न नसक्ने हुनाले उनीहरूको सहभागिता प्रभावकारी नहुन सक्छ । यसलाई कार्यभार र जिम्मेवारी पन्छाउने उपायका रूपमा प्रयोग गर्न सक्छ । स्थानीय निकायका लागि स्थानीय नेतृत्वले क्षेत्र र केन्द्रबीच स्थानीय र क्षेत्रीय तहका लागि नीति निर्माण, योजना तर्जुमा र आयोजना सञ्चालनका लागि समन्वयको कार्य गर्छ । स्थानीय नेतृत्व स्थानीय शासनमा सहभागी भएको नाताले सुशासनको अवधारणालाई स्थानीय तहबाट सफल रूपमा कार्यरूप दिन मद्दत पु¥याउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->