बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपन्न विद्यार्थी पढाउने जिम्मा पूर्वविद्यार्थीको

विपन्न विद्यार्थी पढाउने जिम्मा पूर्वविद्यार्थीको


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७८, शनिबार

तनहुँ/ दुलेगौंडास्थित पञ्चमुनिदेव माविका पूर्वविद्यार्थीले २ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी लिएका छन् । विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी पुर्व विद्यार्थी मञ्चले लिएको हो ।
कक्षा ३ मा पढ्ने ऋतिक अधिकारी र कक्षा ५ मा पढ्ने मञ्जिला गुरुङको कक्षा १२ सम्मको शैक्षिक शुल्क मञ्चले तिर्ने घोषणा गरिएको छ । त्यसका लागि २०५३ सालमा पञ्चमुनिदेवबाट एसएलसी दिएका विद्यार्थीको नेतृत्वमा ५ लाख रुपैयाँको अक्षयकोष खडा गरिएको छ ।

अक्षयकोषको ब्याजले वार्षिक एकमुष्ठ शैक्षिक शुल्क तिरिदिने मञ्चका सचिव शान्तकुमार श्रेष्ठले बताए । पूर्वविद्यार्थी मञ्चले शुल्क तिर्न कक्षा १२ सम्मै पञ्चमुनिदेवमै पढ्नुपर्ने प्रावधान राखेको छ । ‘शैक्षिक शुल्क तिर्न नसकेकै कारण पढाइछोड्नुपर्ने अवस्था आउन नदिनलाई प्रयास गरेका हौं । अक्षयकोषको रकम वृद्धि भएपछि थप विद्यार्थी पढाउने जिम्मेवारी लिनेछौं’, श्रेष्ठले भने ।

पूर्वविद्यार्थीले थालेको अभियानले अन्य विपन्न विद्यार्थीलाई पनि पढाइमा हौसला मिल्ने विद्यालयका प्रधानध्यापक धुर्वकुमार मल्लले बताए ।मञ्चका सल्लाहकार करिम बक्स मियाँका अनुसार अक्षयकोष बढाएर १५ लाख रुपैयाँ पु¥याउने लक्ष्य छ । आफू सक्दो सहयोग गर्न पूर्वविद्यार्थीलाई उनको अपिल छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->