बागलुङ/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को यही असोज २८ देखि ३० गते काठमाडौँमा हुने दसौँ अन्तरराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आईतबार गृह जिल्ला पर्वतमा साविकको धौलागिरीका पत्रकारहरुको सम्मेलन गरेर आचार्यले आँफु अध्यक्षको उम्मेदवारका लागि तयार रहेको बताए । आचार्यले आसिर्वादका लागि जन्मथलो आएको भन्दै सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । समाजसेवा र प्रवासमा रहेका नेपालीको हितमा काम गर्नका लागि आँफुले अहोरात्र काम गरेको भन्दै आचार्यले अव मुख्य पदमा रहेर प्रवासीको सेव ागर्ने जिम्मेबारी दिन आग्रह समेत गरे ।





