बागलुङ/
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बागलुङ शाखाले मंगलबार आफ्नो छैटौं साधारणसभा गरेको छ । कोरोना महामारीका बीच भौतिक दुरी कायम गर्दै क्यानले साधारणसभा गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै क्यान महासंघ नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद पौडेल ‘कुमार’ले महामारीको मारमा परेका कम्प्युटर व्यवसायीहरुको लागि तीनै तहका सरकारले राहतका प्याकेज ल्याउनुपर्ने बताए । महंगोमा खरिद गरेका सामन लामो समय सञ्चित गरेर राख्नु पर्दा बैंकको व्याज समेत चलाउन व्यवसायीलाई कठिन भएको भन्दै पौडेलले ऋणमा व्याज मिनाहा र करको दरमा हेरबिचार गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाले कोषध्यक्ष बिकास श्रेष्ठको आर्थिक प्रतिवेदन, सचिव रामप्रसाद घिमिरेको प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । कोरोना महामारीका कारण एक बर्षको अबधिमा योजना अनुसारका सबै कार्यक्रम गर्न नसकेको प्रतिवेदनहरुले संकेत गरेका छन् । कार्यक्रम शाखा अध्यक्ष भूमीराज गौतमको अध्यक्षता, उपाध्यक्ष प्रकाश आचार्यको स्वागत र सचिव बिकास श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।





