बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी

पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् ।४१४ मत प्राप्त गरि उनले बाँकी ५ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनलाई पत्रकारसमेत रहेका गंगाधर पराजुलीले ३४६मतले पछ्याए ।
पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको थियो । निर्वाचन अधिकृत आरसी बिमलका अनुसार रामराज लामिछानेले ,मिलन तिवारीले ,ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिको प्रत्यासी थिए ।

यता,उपसभापतिमा प्रयागराज भन्डारी भवसागर बराल विजयी भए । उनीहरुले क्रमशः ५६९ र ४६४मत ल्याए ।सचिवमा टुवराज बास्तोलाले ८५८ र गणेश्बहादुर थापाले ७८९ मतसहित विजयको माला पहिरिए ।सहसचिवमा संघर्ष कोइराला र संजय आले विजयी भए ।उनीहरुले क्रमशस्४६५र ४५८ मत पाए ।

नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा,प्रयागराज भण्डारी,भवसागर बराल ,शिव केसी र राजेन्द्र बराल मैदानमा थिए।सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले तथा सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ,लक्ष्मी बास्तोला,संजय आले र संघर्ष कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->