मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोभिड महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका र पुरस्कार सिफारिस पद्वती

कोभिड महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका र पुरस्कार सिफारिस पद्वती


  • प्रकाश गैरे
  • असोज १० २०७८, आइतबार

सन् २०२० सुरुताकै चिनबाट शुरु भएको कोरोना भाइरसले दुई महिनामै विश्वलाई आतंकित बनायो, आर्थिक, प्राविधिक रुपमा सम्पन्न राष्ट्रहरुसहित धेरै राष्ट्रलाई यसले दुःख दियो । लाखौ संख्यामा मानिसहरु संक्रमित भएभने हजारौले ज्यान गुमाएका थिए । यस्तो महामारी रोक्न हरेक राष्ट्रले साम, दाम, तन, मन र शक्तिले पुगेसम्मका उपाय अपनाएर जोगिन प्रयास गरिरहे । कति राष्ट्रमा यसको गहिरो प्रभाव पर्यो, कति विक्षिप्त भए, कतिले रोडमा पैसा फालेर हामीलाई बचाउनुपर्यो भनि सडकमा उत्रिए, मानिसको मृत्यु धेरै हुँदा लाशसमेत जलाउन हम्मेहम्मे पर्यो । यस्तो दर्दनाक अवस्थामा पुरा विश्व नै आतंकित बन्यो ता कि कतिपयले त यसलाई तेस्रो विश्व युद्ध समेत ठाने ।

एकातिर कोरोना भाइरसले विश्व सल्किदै थियो भने अर्कोतिर यसको उत्पत्ति र खोपको विकासमा वैज्ञानिकहरु लागिरहेका थिए, कतिपय राष्ट्रले त यसलाई चिनले नै जानाजान उत्पत्ति गरेको हो भनि चाईनिज भाइरसको नामले समेत संज्ञा दिए । तर विडम्बना यो भाइरसले चीन पनि थला पर्यो र उसले कुनै खोपको आविष्कार पनि गर्न सकेन । मानिसहरुमा साधारण रुघाखोकी, ज्वरो, शरीर दुख्ने, छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने लक्षणहरु देखापरेको अवस्था थियो, यति लक्षणको आधारमा भएको मानिसको मृत्यु क्यान्सर, मधुमेह, एचआईभी एड्सजस्ता प्राणघातक रोगबाट हुने मृत्युको दरभन्दा बढि देखिसकेको थियो । कोरोना भाइरसको माहामारीको सामना गर्दा धेरै राष्ट्रहरुको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्ष कमजोर बन्न पुग्यो ताकि कुनै युद्ध भएजस्तै गरि ।

यो कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन र विश्वमा रहेका नेपाली पनि अछुतो रहेनन्, कतिपय संक्रमित भई उपचारपछि निको भएर सामान्य जीवनमा फर्के भने कतिले यहि रोगका कारण ज्यान गुमाउन पुगे । यो रोगबाट बच्न र समुदायमा फैलन नदिनको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, जरुरी कामबाहेक घर बाहिर ननिस्कने, साबुन पानिले बारम्बार हात धोईरहने, स्यानिटाइजरको प्रयोग गरिरहने र भाईरसको लक्षण पहिचान भएमा आराम गर्ने जस्ता स–साना कुराहरुको पालना गर्नुपर्ने मापदण्डहरु लागु गरियो । यो भाईरस सरुवा हो भन्ने कुराको पत्ता त लाग्यो तर हावाबाट सर्ने हो कि, मानिसको सामिप्यबाट सर्ने हो कि, प्रत्यक्ष श्वासप्रश्वासबाट सर्ने हो कि भन्ने कुरामा मतभिन्नता थियो । त्यो पिरियडमा विश्वलाई नियाल्दा नेपालमा एकदुई जनामा भाइरस देखिदा सारा समुदाय नै एकदमै सतर्क भयो । नेपाल सरकारले पनि यस महामारी नियन्त्रणमा ठुलो योगदान गर्योः– उपचारमा सबै चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन, एम्बुलेन्स परिचालन, संक्रमितको लागि एकान्तबासको व्यवस्था, पिसिआर परिक्षणको व्यवस्था, स्वास्थ्य सामग्रीको व्यवस्था, विदेशमा रहेका नेपालीहरुको उद्धार, सुरक्षित दाहसंस्कार, खोप जस्ता कुराहरुको व्यवस्थापनमा सिमित साधन स्रोतका बाबजुद पनि कुनै कसर बाँकी रहेन । यो व्यवस्थापनमा नेपाल सरकार, चिकित्सक र स्वास्थ्यकर्मी तथा कर्मचारीलाई विशेष धन्यवाद भन्नैपर्दछ । त्यसबेलामा एउटा कमजोर पक्ष हामी नागरिक र समुदायबाटै भएको हो कि भन्ने देखियो भने सामाजिक संस्कारयुक्त कार्यक्रम जहाँ भिडभाड हुन्छ त्यस्ता कार्यक्रम नगर्न नगराउन हामीले मानेनौ भने अर्को पक्ष समाजमा कोही संक्रमित भइहालेको खण्डमा तिरस्कार र घृणाको दृष्टि राख्यौ आखिर किन ? डराएर ? यस्तो अवस्थाबाट केहिपर रहेको महशुस यतिबेला भएको छ भने खोपको मात्रा पनि धेरै पुगेको अवस्था छ यतिबेला ।

सन् २०२१ मा पुनः यहि कोरोना भाइरसको नयाँ भेरियन्ट भनेर नेपालमा फैलिएको अवस्थामा हल्ला यस्तो आयो कि यसपालिको भाइरस त पहिलाको भन्दा कडा निस्केर महामारीको रुप लिदैछ रे । साँच्चै नै फेरि नेपालमा कोरोना भाइरसको आगो सल्किरहेको अवस्था छ लाखौ मानिस संक्रमित भएका छन्भने हजारौको मृत्यु भएको अवस्था चाहिँ हो । त्यतिबेलाको समयमा नेपालमा दैनिक रुपमै दश हजारभन्दा बढि संक्रमित हुने र पाँच सयभन्दा बढिको मृत्यु हुने गरेको पनि थियो । अस्पतालमा थप विरामीलाई उपचार गर्ने वेडको अभाव भयो भने बल्लतल्ल बेडमा उपचारतहुँदै गरेको बिरामीको लागि चाहिने अक्सिजनको कमि देखिएको अवस्था थियो, त्यो संकटयुक्त घडिको समय घुमेर केही राहात मिलेको चाहिँ पक्कै छ, शहर बजारमा चाडबाडको रौनक पनि बढेको छ यतिबेला । धेरै मानिसहरु यसैको अभावबाट मृत्युको शिकार बनिसकेको अवस्था छ । लाश जलाउने ठाउँ भएन, सामाजिक संजालमा हेर्दा पनि त्यो पिडा हेरिनसक्नु रह्यो । यता यी सामाजिक संजालमा पनि कोरोनाले मृत्यु भएको भनि श्रद्धान्जली दिने मानिसहरुको पनि कमि छैन भने संक्रमितहरुको पिडा पनि बेग्लै थियो समय समयले त्यो कुरा बिर्साएको छ यतिबेला । ओहो यो कस्तो महामारी आफ्नो मानिस मरिहाले पनि मुख देख्न पनि नपाउने रे, झम्टेर एकछिन रोएर पनि पिडा हल्का पार्न नमिल्ने रे अनि आफ्नो परम्परा बमोजिम आफ्नै स्थानमा दाहसंस्कार गर्न पनि नपाईने अनि यति मात्र हो र अझ परिवारको एउटा संक्रमित सदस्यको मृत्यु भयो भने अर्को सदस्य क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता र बिडम्बना रह्यो । खोप लगाइका व्यक्ति पनि संक्रमित तथा मृत्युको शिकार भईदिदा अझै यो विपद यतिबेला भयंकर दर्दनाक र भयवित अवस्था पनि देखियो, भोगियो । धनी, गरिब, बुढो, बालक, युवक, दीर्घरोगी कसैलाई पनि यतिबेला कोरोनाले छोडेन ।

कतिपय व्यापारीहरुलाई त यस्तो समय कमाईको प्याकेज बनेको छ । विपदको बेला आफ्नो देशलाई स्वास्थ्य सामग्रीको सहजता गरेर सहयोग गर्ने बेलामा झन् मिलोमतोमा हाहाकार जस्तो देखाएर मुल्यमा महंगाई गरेको अवस्था भोगियो देखियो । कोरानाको महामारी एउटा विपदको समय हो, यसमा हामी सबै मिलेर स्वास्थ्य मापदण्ड अपनाएर आफु, समुदाय र राष्ट्रलाई बचाउनतिर लाग्नुपर्ने आम नागरिकको कर्तव्य हो । यसमा राज्यले नगेको भन्न मिल्दैन किनकि कहिले बजारमा बिनाकाममा हिँडेका मानिसहरुलाई लामो लठ्ठीको सहायताले मानिसलाई समातेर सोधपुछ गर्ने, ज्वरो चेक गर्ने, मास्क नलगाईकान हिँड्ने मानिसलाई रु. १० को मास्क दिने, सवारी साधन संचालनमा अत्यावश्यक बाहेकमा नियन्त्रण गर्ने जस्ता क्रियाकलाप गरेकै हो । होला कतिपय गरिबीमा रहेका नागरिकलाई हरेक पक्षमा समस्या हुन्छ होला तर स्वास्थ्य मापदण्ड त पालना गर्नु पर्यो नि । यसमा राज्यको तर्फबाट भएको एउटा कमजोरी पक्ष नागरिक शिक्षा/चेतनाको कमी हो कि जस्तो लाग्छ जहाँ आमनागरिकले यसको मापदण्ड अपनाउन नसकेको ।

भिडभाडमा मास्क लगाउने हो तर हामीले एक्लै हिँड्दा लगाउने र लगाइहाल्यौ भने पनि नाक नछोपिकन लगाउने या हातमा बोकेर हिँड्ने र मास्क खै भन्दा यि भनेर देखाउनको लागि मात्र । विवाह, भोज भतेर लगायत धेरै मानिसको उपस्थित हुने सामाजिक संस्कारयुक्त कार्यक्रमहरुको आयोजना नगर्ने नगराउने हो तर हामीले जर्बजस्ती भए लुकिछिपी गरेर गर्ने कार्य हटाउन सकेनौ । आजभोलि संचारमाध्यममा देख्न, सुन्न र पढन पाईन्छ, बिहेभोज खाएर संक्रमित भएका एकै परिवारका चार सदस्यको मृत्यु सारा गाउँमा सन्नाटा छायो रे, कार्यक्रममा भोज खाएर ३० जना संक्रमित रे, अर्को यस्तै यस्तै । अब यस्तो कुरामा हामी आफै सोचौं त कमजोरी कस्को र कहाँनिर के भयो ? अहिलेको समयमा करिब ९०% जनसंख्या मोबाईल फोनको पहुँचमा छ एकपटक सुन्नु त तपाईले कसैलाई फोन गरेर त्यो फोन गएको संकेतमा कोरोनाबाट बच्ने सन्देश छ कि छैन ? हामीले त्यसलाई सामान्य लिएका छौ, बेवास्ता गरेका छौ, सामान्य कुरा ठानेर पन्छाएका छौ । अब तपाई भन्नुहोस् कमजोरी कस्को ? यस्तै समाजमा कतिसम्म देखियो/सुनियो भने हे ! मलाई यो कोरोनाले छुन्न, कोरोना त रक्सीले ठिक पार्छ यार ! अहिले त्यो हातमा दल्ने स्यानिटाइजर रक्सी नै हो, यो मास्क लगाएर हिंड्दा उकुसमुकुस भयो यार ! त्यो पल्लो घरको ३० बर्षको भाई त्यति बलियो थियो, कोरोनाले मर्यो हामी उमेर गएका त के बाचौला र ? अब एकपटक कोरोनाले सबैलाई छुने पक्का भयो कसरी जोगिने ? अझ यदि कसैले मापदण्ड अपनाएर सुरक्षित भएर हिंड्ने एक व्यक्तिलाई अर्को व्यक्तिले गिज्याउने ‘जसले धेरै जोगिन खोज्छ उसैलाई पहिले कोरोनाले छुन्छ रे बुझिस् धेरै नाटक नगर हामीलाई केही हुन्न’ भन्ने जस्ता भ्रमको खेतीमा समाज बरालिएकै थियो हार मानेर । हो यहि हो हाम्रो सबैभन्दा ठुलो कमजोरीपना र कोरोना नियन्त्रण हुन नसकेको कारण पनि जस्तो लाग्छ अहिले । त्यो समाजलाई के थाहा ? कोरोनाको आर्थिक, सामजिक, भौतिक र पारिवारिक असर कति भयावह र खतरनाक हुन्छ भनेर ।

नेपाल निजामती कर्मचारी संगठनले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेर काम गरेको अवस्था हो अहिले पनि सरकारले आवश्यक साधन, श्रोत र सुरक्षित स्वास्थ्य सामग्रीसहित कोरोना विरुद्धको अभियानमा खटाएमा सरिक हुन तत्पर रहेको आफ्नो विज्ञप्तीमार्फत पनि सार्वजनिक गरिसकेको छ । यसैमाझ काम वा सेवा गर्दै गर्दा कर्मचारीले कोरोना नियन्त्रणमा गरेको योगदानबारे बिभिन्न सामाजिक संजालमा भाईरलै भयो वहा ! वहा ! गरियो त्यतिबेला, त्यस्ता हृदयविदारक तस्विर सार्वजनिक भए जबकी लाईक र कमेन्ट त कति कति ? जब २०७८ सालको निजामती सेवा दिवसमा उत्कृष्ट निजामती सेवा पुरस्कारको घेरामा फेरि तिनीहरु नअटाएको देखियो यसको छनौट पद्धति नि धमिलो भएको हो कि भनेर फेरि तिनैले सामाजिक संजालमा टिकाटिप्पणी गरेको देखियो ।

अन्तमा,

आवश्यक परेको खण्डमा सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालन गर्न पनि पछि पर्नु हुँदैन र त्यसको लागि सम्पूर्ण कर्मचारीहरू पनि तयार रहनु पर्दछ । स्वास्थ्य सुरक्षा र सामग्रीको भरपर्दो बन्दोबस्त भने सरकारले गर्नुपर्छ । आम नागरिकहरूले पनि यस राष्ट्रिय विपत्तिलाई आत्मसात् गर्दै सरकारद्वारा जारी आदेश र निर्देशनको परिपालना गर्नु एकदमै जरुरी छ । सबैको हातेमालो र साझा पहल एवं प्रयत्नबाट मात्र यो विपत्तिबाट मुलुकलाई पार लगाउन सकिन्छ । कोरोना भाइरसबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ । यतिबेलाको समयमा राष्ट्रसेवक कर्मचारीहरुले निर्माण भएका कोभिड नियन्त्रणका मापदण्ड, निर्देशिका लगायतका विषयलाई कार्यान्वयन गराउँदै कोराना नियन्त्रणमा जोड दिएको अवस्था रहेको छ भने पुरस्कार पद्धति मनोगत रुपमा चाकडीपनाको आधारमा भयो भन्ने नागरिक समाजको सामाजिक संजालमा टिकाटिप्पणी गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->