मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

व्यवस्थित र सुरक्षित यात्रामा पर्यटन प्रबर्धन

व्यवस्थित र सुरक्षित यात्रामा पर्यटन प्रबर्धन


  • टीका वहादुर कार्की
  • असोज ११ २०७८, सोमबार
लेखक: टिका वहादुर कार्की

कोभिड-१९ को कारण अत्यावश्यक सेवा बाहेकका सबै सेवा तथा कृयाकलाप बन्दले प्रत्यक्ष मारमा परेको पर्यटक लक्षित व्यवसाय, लगानीकर्ता र मजदुरलाई पुनः चलायमान बनाउदै जानु आवश्यक छ । यी व्यवसायीको पलायनबाट रोक्न राज्यबाट सुबिधाको व्यवस्था माग भैरहँदा राज्यले अत्यावश्यक सेवा संचालनलाई मात्र पहिलो प्राथमिकतामा राख्दा बिलाशिता, मनोरन्जन र अतिरिक्त कृयाकलापमा दर्ज यो क्षेत्रले सुबिधा पाउन सक्ने अवस्था रहेन । तर, कोरोना बिरुध्द उपचार, भ्याक्सिन तथा सुरक्षा सतर्कतालाई जबरजस्त लागु गरी राज्यका हरेक गतिविधि संचालन गर्दै जाँदा पर्यटक लक्षित स्थल, होटल, रेष्टुरां, हवाई तथा सडक यातायात संचालन संगै पर्यटन व्यवसायलाई टेवा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।
बिदेशी पर्यटकलाई दिईने गुणस्तरीय सेवा सुबिधाले उनीहरुलाई नेपाल भ्रमणप्रति आकर्षण बढ्दै जाने मात्र होईन बिदेशी मुद्रा संचिती र नेपालीहरुको व्यवसाय, रोजगारी, विभिन्न मुलुकबीच मैत्री संबन्ध बृध्दी हुदै जाँदा ग्लोबल भिलेजको अबधारणा बिकास भैसकेको अवस्था थियो । नेपालको मौलिक संस्कृती र प्राकृतिक सुन्दरताले बिदेशी पर्यटकको आगमनले उत्साहित हुँदै पर्यटनलाई महत्व दिएर मुलुकको राजधानीदेखि दुर्गमका गाउँघरसम्म व्यापक तयारीकासाथ घोषणा गरेर सुरुआतमै तुहेको नेपाल भ्रमण बर्ष सन २०२० कार्यक्रमले सबैभन्दा बढी मर्कामा पर्यटक लक्षित व्यवसायी नै छन् । जो अहिलेसम्म कोही पलायन हुदै त कोही पर्ख र हेरको अवस्थामा तिलमिलाई रहेकाछन् ।
सुबिधाजनक ठाउँदेखि बारैमास हिउँ पर्ने उच्च हिमाली टाकुराका आधार शिविरमा निकै जोखिम बहन गरेर ज्यानको पर्वाह नगरीकन पुर्वाधार तयार गरेर पर्यटकलाई सेवा दिदै आयआर्जन गर्दै गरेका व्यवसायी के गर्दै छन् होला ? यी स्थानको अवलोकन गर्न अहिले केही व्यवसायीले माउन्टन फ्लाईट र हेलिकप्टरको प्रयोग गर्न लागेको जानकारीमा आएको छ । तर, अक्सिजन कम हुने त्यस्ता गन्तव्यमा सिधै पुगेर छिटो आरोहण यात्रा तय गर्नु आफैमा घातक हुन्छ । किन कि ती स्थानमा पुग्नु अगावै निकै लामो तथा कठिन शारिरिक अभ्यास, तयारी, साहस र सफलताको पुर्वानुमान आवश्यक पर्छ ।
निजामती कर्मचारीलाई भत्ता सहित बर्षको १० दिन भ्रमण बिदा दिने पुर्ववर्ती सरकारको निर्णय एकतर्फी रुपमा सकारात्मक भए पनि सेना, प्रहरी तथा संस्थानका कर्मचारीको हकमा मौन रहँदा र भ्रमण भत्ताको व्यवस्था नहुँदा त्यही कार्यक्रम पनि लागु हुन सकिराखेको अवस्था छैन । व्यवसायीहरुले ईको टुरिजमको अवधारणा ल्याई आमजनतालाई निश्चित डिस्काउन्टमा भ्रमणको निम्तो दिनु पर्ने हो । हामीहरु मित्र राष्ट्र भारत तथा कुनै देश भ्रमणमा जाँदा मोलमोलाईमा सवारी तथा होटल बासको सुबिधा पाई रहँदा हामी नेपाली वा बिदेशीका लागि अनलाईन सेवाबाट किन यो काम गर्न सकेका छेनौं ? सवारी साधन नहुने हामी जस्ता सर्वसाधारणका लागी सार्वजनिक वा निजी सवारीमा सुरक्षित रुपमा यात्रा गर्ने वातावरण तयार गरिदिन व्यवसायीलाई अनुरोध छ भने आवश्यक सुरक्षा सहित सहजीकरण गरिदिन सरकारी निकायको प्रतिवध्दता आवश्यक छ । अब कहिलेसम्म घरभित्र बसिरहने ? पर्यटन क्षेत्र पुनरुत्थान हुदै चलायमान गराउन हामी कुनै न कुनै पर्यटकीय गन्तव्यमा पुगेर बिश्व पर्यटन दिवस सफल पार्न सहभागीता अभिबृध्दी गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->