पछिल्लो समय नेपाली विद्यार्थीहरु जानकार बढेका छन् । अभिभावकको चाहना पनि सोही अनुरुप बढेको छ । विद्यार्थीलाई महंगो फि तिर्दैमा पढाइ राम्रो नहुने भन्ने भावना बढेको देखिन्छ । यसको अर्थ निजीमा पढने रामो सामुदायिकमा पढने नरामो भन्ने होइन । सामुदायिक विद्यालयले आफ्नो क्षमता सुधार प्रमुख कारण मानिन्छन् । सुविधा सम्पन्न हुँदाहुँदै पनि व्यवस्थापन पक्षकाकारण समस्या थपिएको कतिपय विद्यालयमा देखिएको छ । पोखरा दिनानुदिन ठूलो सहर बन्दै गएको छ । यससँगै विद्यार्थीको चाप पनि सामुदायिक स्कुलतर्फबढेको अनुमान गर्न सकिन्छ । विद्यार्थीको चापसँगै सामुदायिक विद्यालय रोजाइमा पर्ने गरेको हो ।
बालबालिकालाई केन्द्रमा राखेर आधुनिक शिक्षा, शैक्षिक क्रियाकलाप, बालमैत्री स्कुलको वातावरण, वैज्ञानिक शिक्षासँगै नैतिक शिक्षा, व्यावहारिक ज्ञान, सामाजिक शिक्षा,आधुनिक नयाँ शैक्षिक प्रणाली र प्राविधिक ज्ञान, आधुनिक र आकर्षक पूर्वाधार भयो भने अभिभावकको रोजाईमा सामुदायिक विद्यालय नै पर्ने देखिन्छ ।
पोखराको जनप्रिय माध्यमिक विद्यालय पनि यो सूचीमा पर्दै गएको छ । सहरको झण्डै बीच भागमा अर्थात् सिमलचौर पोखरा– ८ मा रहेको जनप्रिय स्कुलमा यस शैक्षिक सत्रमा मात्र ६ सय ७२ जना विद्यार्थी अन्य स्कुल छोडेर जनप्रिय माविमा अध्ययनको सिलसिलामा थपिएका छन् । विद्यार्थी थपिनुमा विद्यालयकै हात हो । विद्यार्थीको थप रोजाइमा परेको जनप्रिय माविमा शैक्षिक वातावरण, विद्यालय, शिक्षक र विद्यार्थीकै मेहनेतले विद्यार्थीको रोजाइमा परेको प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी बताउँछन् । यसो त विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पनि त्यत्तिकैजिम्मेवारी रहन्छ । विद्यालयको शैक्षिक भोगाइर शैक्षिक सत्र २०७८ देखि विद्यार्थीको चाप बढेको उनको बुझाइ छ । विद्यालयले विद्यार्थीको रोजाई र अभिभावकको चाहना अनुरुप २०७२ सालदेखि नै सिभिल इन्जिनियरिङको पढाई सुरुआत गरेकाले निजी विद्यालयमा पढने विद्यार्थी पनि उल्लेख्य संख्यामा जनप्रिय माविमा आएको तथ्यांक सुनाउँछन प्रअ वस्ताकोटी ।
सामुदायिक विद्यालयमा विद्यार्थीको हितमा हुने शैक्षिक योजना नै बलियो आधार हो । जनप्रिय स्कुलमा हालको अवस्थामा २ हजार १ सय ३७ जना विद्यार्थी विद्यायलको सफ्टवेयरमा अनुबन्धित छन् । यो अवस्थाले विद्यालयलाई पनि दवाव परेको छ । पोखराका विभिन्न वडाबाट विद्यार्थी पढन आउने गरेको प्रअ वस्ताकोटीको भनाइ छ । बस्ताकोटीले हुम्ला, जुम्ला तथा कर्णालीका विद्यार्थीसमेत यहाँ बढ्दै आएको जानकारी दिए । कामको सिलसिलामा, व्यापारको योजनामा र जागिरे जीवनको भोगाइमा आउने अभिभावकले जनप्रिय स्कुल रोज्ने गरेको प्रअ देवीप्रसादको बताउँछन् । जनप्रिय माविमा मानविकी, वाणिज्य शास्त्र, विज्ञान, शिक्षा र सिभिल इन्जिनियरिङ कोर्ष छन् । कक्षा ९ देखि १२ सम्म ४ वर्षे कोर्ष उत्तीर्ण गरेसँगै विद्यार्थीले प्राविधिक शिक्षातर्फको ढोका खोल्न पाउँनेछन् । बजारको माग अनुरुप शैक्षिक संस्थाले अध्यापन सुरु गर्दैै जानु सकारात्मक प्रभाव बढ्नु हो ।
यसको अलवा जनप्रिय माविमा ५ हजारको संख्यामा विभिन्न पुस्तक रहेको पुस्तकालयबाट विद्यार्थीलाई अतिरिक्त ज्ञान दिँदै आएको छ । ७ रोपनी बढी जग्गामा फैलिएको विद्यालय भवनसँगै खेलकुद मैदान समेत छ । २०७२ सालबाट सुरु गरेको सिभिल इन्जिनियरिङ तथा विज्ञान कक्षामा २ सय ६० विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
शिक्षक र कर्मचारीको एकतालेमात्र विद्यालयको शैक्षिक स्थिति सुधार गर्न सकिन्छ । नेपालमा अधिकांश सामुदायिक विद्यालयहरुमा चर्को राजनीति र कमजोर मनस्थितिका अभिभावकका कारणले पनि समस्या पैदा भएको छ । यकातिर स्कुल गएपछि शिक्षक कै मर्जी र घरमा फर्केपछि विद्यार्थीकै मर्जीले समस्या बढेको छ । अभिभावक आफ्नै चिन्ता र शैक्षिक स्थितिबारे गहन हुन नसक्नु पनि ठूलो समस्या हो । अनुगमनको राम्रो व्यवस्था नहुनु सबैभन्दा कमजोर शिक्षा नीति हुनु हो ।
अभिभावकले आफ्ना सन्ततिलाई विद्यालयले आफ्नो सन्तानजस्तै ठानोस भन्ने मान्यता राख्छन् । आफूलेभन्दा विद्यालयलेहेरचाहसँगै सुरक्षा गरिदियोस् भन्ने चाहना हुन्छ तवमात्र विद्यालयको हित र शैक्षिक वातावरण निर्धारण हुन्छ । अभिभावकले विद्यालयमा हुने कमी कमजोरीलाई नियाल्नु पर्छ । विद्यालयलाई सकारात्मक बल पुग्ने कामसँगै गर्नुपनि पर्छ ।
नेपाली समाजमा अझै पनि राम्रो रठूला आकर्षक भवन, गाडी, प्रविधि भएकालाई चाकडी गरेजस्तो मान्यता दिँदै आएको देखिन्छ । सवैभन्दा पहिला हेर्नु पर्ने विषय भनेको शिक्षकको योग्यता, विद्यार्थीलाई गर्ने व्यवहार, भविष्यको चिन्ता र संस्थाको बलियो पूर्वाधारलाई हो । शिक्षण क्षेत्र पवित्र सेवा अंगालेको क्षेत्र हो । विद्यालयले शिक्षकलाई विभिन्न दलीय संघ संगठनमा आवद्ध हुनबाट बञ्चित गराउँदै लैजानु पर्छ । विद्यालय व्यवस्थापन समिति खरो भएर शैक्षिक क्षेत्र सुधार गर्न लाग्ने हो भने कुनै समस्या परेको हुँदैन । शिक्षक तथा विद्यार्थीलाई आफ्नो काम, कर्तव्य, दायित्व, अधिकार र अनुशासनलाई स्थिर राख्न सक्नु नै आजको आवश्यकता भएको छ ।
समय सधैं एकै हुँदैन । विद्यालयले गर्नु पर्ने काम र शिक्षकको क्रियाकलापबाट विद्यार्थी र अभिभावकको दृष्टिकोण बन्दछ । विद्यार्थीलाई पढाउँदामात्र होइन, पढाई अतिरिक्त समयको ख्याल गर्न सक्नुले विद्यालको गरिमा बढाउँदछ । कतिपय विद्यालयबाट कक्षा कोठा सकेपछि विद्यार्थी छुटने वित्तिकै चिया पसलमा चुरोट तान्ने, गलत नियतले छात्रा विद्यार्थी साथीहरुलाई जिस्काउने, फ्लो गर्ने, नकारात्मक विचार धारणा सिर्जना गर्ने गरेको पनि देखिन्छ । शिक्षाको कमजोरी र भविष्यमा पर्ने खतरा तथा स्वास्थ्य समस्या नबुझेका कारण साना विद्यार्थीले गलत क्रियाकलाप गर्ने गर्दछन् । यस्तो वातावरण देखिनुमा विद्यालय वरपरको वातावरण र अभिभावकको पनि ठूलो हात हुन्छ । सवै विद्यार्थी उत्तिकै प्रतिभावान हुँदैनन् । यसको जिम्मा र काउन्सिलिङ विद्यालय र शिक्षकको हुन्छ । कक्षा नर्सरीदेखि १२ सम्मको पढाइ हुने विद्यालयमा विद्यालयले अभिभावकसँग कस्तो व्यवहार गर्ने, कति समयमा विद्यालय रेखदेख गर्न लगाउने, विद्यार्थीलाई व्यवहारिक र शैक्षिक बन्न कसरी नयाँ कोर्ष सिर्जना गर्ने भन्ने विद्यालय परिवारको हात हो ।
पोखरामा रहेका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थीको रोजाइ बढनु सकारात्मक हो । पोखराको जनप्रिय मावि अतिरिक्त पोखरा १२ माटेपानी स्थित शितलादेवी स्कुल, पोखरा ३ नदीपुरमा रहेको बालमन्दिर स्कुल, पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयसँगै अमरसिंह माध्यमिक विद्यालय, राष्ट्रिय उच्च मावि टँुडिखेल, लक्ष्मी आदर्श स्कुल लेखनाथलगायत विद्यालयमा आवद्ध अभिभावक केही हदसम्म सन्तुष्टि भएको आभाष मिलेको अनुभूति देखिन्छ ।





