बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रममन्त्री श्रेष्ठको आश्वासनः ‘मनकामनाको गुरुयोजनाका लागि सहयोग गर्छु’

श्रममन्त्री श्रेष्ठको आश्वासनः ‘मनकामनाको गुरुयोजनाका लागि सहयोग गर्छु’


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७८, बुधबार

गोरखा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।
बडादसैँको आठौं दिन बुधवार मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताएका हुन् ।
मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए । ‘मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,’ उनले भने ।
सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गत २३ भदौदेखि खुल्ला गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->