बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाडमा नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण

बडिगाडमा नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७८, सोमबार

बागलुङ – नेपाली कांग्रेस बडिगाड गाउँपालिका-३ सिसाखानी र नेपाल तरुणदल सिसाखानीको आयोजनामा दुई दिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जारी छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी जीत शेरचनले नेपालका कम्युनिष्ट पार्टीले ठुृलो बहुमत लिएर सरकारमा गएको भएपनि सरकार संचालन गर्न असफल भएको बताए । अबको समयको भनेको नेपाली कांग्रेसको भएको उनले बताउदै उनले कम्युनिष्ट पार्टी सरकार चलाउन असक्षम भएकाले अव नेपाली कांग्रेसको माहोल बढेको वताए ।
कार्यक्रममा नेपाली कांगेसकी जिल्ला सदस्य गण्डकी थापा अधिकारी, नेपाली कांग्रेसका पुर्व महाधिवेसन प्रतिनिधी यामेन्द्र घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षण कार्यक्रमको पहिलो दिन कांग्रेसका महाधिवेसन प्रतिनिधी जीत शेरचन, कांगेसकी जिल्ला सदस्य गण्डकी थापाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नेपाली कांगेस सिसाखानीका सभापति दिल बहादुर पुनको अध्यक्षता, नेपाल तरुण दल सिसाखानीका अध्यक्ष बिष्णु भुजेलको स्वागत तथा तरण दल सिसाखानीका सचिव सचिन घर्तिको संचालनमा सम्पन्न भएको थियो । आइतवारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम सोमबार समपन्न हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->