बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

मेयर जिसीको स्वास्थ्यलाभको कामना

मेयर जिसीको स्वास्थ्यलाभको कामना


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् ।

नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेललगायतले प्रमुख जिसीलाई भेटेको थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->