शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एक सय ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

एक सय ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७८, मंगलबार

बागलुङ/ बागलुङमा सोमबार एक सय ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ शाखाले आफ्नो १७ आंै बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य तथा आखा जाँच शिविर गरेको हो । बागलुङ बजारस्थित धौलागिरी चोकमा आयोजित शिविरमा बागलुङ बजार र आसपासका नागरिकले निशुल्क स्वास्थ्य तथा आँखा परीक्षण गराएका हुन् ।

धौलागिरी अञ्चल अस्पताल, नेत्र ज्योती सघं बागलुङ र नेपाल रेडक्रसको सहयोगमा सम्पन्न शिविरमा १ सय ७० जनाले आखा जाँच र ५३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक श्रीजय श्रेष्ठले जानकारी दिए ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेल लगायत १० जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेको सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ । बार्षिकोत्सवका अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तरगत सोमबार निशुल्क स्वास्थ्य शिविर तथा आखा जाच कार्यक्रम सम्पन्न गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->