बागलुङ/नेकपा एमालेको मंगलबारदेखि शुरु भएको पालिका अधिबेशनअन्र्तगत बागलुङका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्लाको गलकोट नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गलकोटमा पूर्ण बहादुर काउचाको नेतृत्वमा ६३ सदस्यीय नगर कमिटि बनेको छ । उपाध्यक्षमा तिला केसी, सचिवमा दानबहादुर श्रीष र उपसचिवमा पोष्टराज सुवेदी, लक्ष्मी सुनुवार चयन भएका छन् ।
राष्ट्रिय युवा संघ गलकोट नगर कमिटिको भेला आयोजनाका लागि भीमबहादुर पुनको संयोजकत्वमा ६१ सदस्यीय कमिटि गठन भएको छ । अधिबेशको उद्घाटन सत्रमा युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, बुद्धिजिवी परिषदका सदस्य ददीराम शर्माले बोलेका थिए । डम्मर श्रीषको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।
जिल्लाको तमानखोला गाउँपालिकामा तारानाथ श्रीपाली सर्वसम्मत अध्यक्षमा चयन भए । उपाध्यक्षमा कुमबहादुर पुन, सचिवमा लिलबहादुर पुन र उपसचिवमा रुपा छन्त्याल, चुनबीर दर्जी चयन भए । तमानखोलामा ५१ सदस्यीय कमिटि बनेको छ ।
ताराखोलामा ऋषिराम रोका एमालेको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गाबहादुर बगाले र उपसचिवमा डम्मर छन्त्याल चयन भएको जिल्ला सचिव बिष्णु भुषालले जानकारी दिए । जिल्लाका अन्य चार पालिकामा नेतृत्व चयनको प्रयास भैरहेको छभने जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकामा अधिबेशननै सुरु भएन् ।





