बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठेखोला, बडिगाड र ढोरपाटनमा सर्वसम्मत नेतृत्व चयन

काठेखोला, बडिगाड र ढोरपाटनमा सर्वसम्मत नेतृत्व चयन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

बागलुङ/ नेकपा एमाले बागलुङको मंगलबारदेखि सुरु भएको पालिका अधिबेशन अन्तरगत मंगलबार राती थप तीन स्थानीय तहको नेतृत्व सर्वसम्मत टुंगो लागेको छ ।

यसअघी गलकोट, ताराखोला र तमानखोलामा मंगलबार दिउँसोनै नेतृत्व टुंगो लागेको थियो । जिल्लाको काठेखोला गाउँपालिकामा डिल बहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ कमिटि उपाध्यक्षमा युक्त प्रसाद कँडेल, सचिबमा बिधापती शर्मा, उपसचिबमा तिल बहादुर खड्का र नर बहादुर क्षेत्री चयन भएका छन् । ढोरपाटन नगरपालिकामा लक्ष्मण पुनको अध्यक्षमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । कमिटिको उपाध्यक्षमा निर्दोश बिक, सचिवमा ज्ञान प्रसाद कँडेल तथा उपसचिवमा इन्द्र घर्ती मगर र हेम प्रसाद बिक रहेका छन् ।

जिल्लाको बडिगाड गाउँपालिकामा पनि कमलराज आचार्यको अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटिको गठन भएको । जसको उपाध्यक्षमा इन्द्रजित थापा, सचिवमा दिनेश पुलामी थापा, सहसचिवमा केशमाया छन्त्याल र महेन्द्र केसी चयन भएका छन् । बागलुङ नगरपालिकामा मंगलबार रातीसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि आकांक्षीहरु पछि नहटेपछि बुधबार बिहानै बाट अध्यक्ष मण्डलले प्रयास गरिरहेको छ ।

एमाले गण्डकी प्रदेश कमिटिका सचिव गोबिन्द नेपाली नेतृत्वको अध्यक्ष मण्डलले सबै आकांक्षीसँग एकसरो छलफल सकेको र अन्तिम निर्णय लिने जनाएको छ । सकरभर सर्वसम्मत नेतृत्व चयन गर्ने मनसायमा नेतृत्व रहेकाले छिट्टै टुंगो लाग्ने एक नेताले बताए । भेला आयोजक कमिटिका संयोजक धन बहादुर परियार र अर्का आकांक्षी रामकृष्ण शर्मा बीच कुरा मिलेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->