बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि सुरु भएको नगर अधिबेशनले परियार नेतृत्वमा ८६ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामकृष्ण शर्मा र उप–सचिवमा गंगा खत्री खड्का, कृष्ण बहादुर कार्की चयन भएका छन् । पदाधिकारीमा आकांक्षी सबैसँगको परामर्श र छलफल पछि अध्यक्ष मण्डलले नेतृत्व टुंगो लगाएको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकले बताए ।





