बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्मचारी परिषदको नगर समिति चयन

कर्मचारी परिषदको नगर समिति चयन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

बागलुङ/नेपाल विद्यालय कर्मचारी परिषद बागलुङ नगरको भेलाले बलेवास्थित त्रिभूवन माबि पैयुँपाटाका शिक्षक ललितबहादुर क्षेत्रीको अध्यक्षतामा समिति गठन गरेको छ । विद्यालयमा लामो समय काम गरेर पनि तलब तथा सेवा सुविधा नपाएको भन्दै उनीहरुले तलब वृद्दिको माग समेत गरेका छन् ।

क्षेत्रीको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा कर्णकुमारी केसी, सचिवमा गणेश थापा, सहसचिवमा टिकाकुमारी कंडेल र कोषाध्यक्षमा पार्वती शर्मा चयन भएका छन् । सदस्यहरुमा शारदा खड्का, पवित्रा भण्डारी, गौमती केसी, खड्गबहादुर थापा, बिष्णु खड्का र लक्ष्मी शर्मा छन् । त्यस्तै भीमकला शर्मा, चन्द्री सापकोटा अधिकारी, सिमा परियार र मनकुमारी विश्वकर्मा पनि सदस्यमा छन् । उनीहरुले नगरपालिकाले माग पुरा नगरेसम्म आन्दोलनका कार्यक्रम गरिरहने केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->