पोखरा/ मुख्यमन्त्री तथा मन्त्रीहरुले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री हुने आश्वासन दिएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेशमा मिडियामैत्री संचार विधेयक आउने दोहो¥याएका हुन् । संचार क्षेत्र जनता र शासन पद्धतिसँग जोडिएको विषय रहेकाले पनि संविधान अनुरुप नै विधेयक ल्याउने उनीहरुको भनाइ छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेलले) ओलीको पत्रकारिताले लोकतन्त्रलाई जोगाउने काम गरेको बताउँदै भने,‘संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्नका लागि संचार जगतले खेलेको भुमिका कसैले मेटाउन सक्दैन । ’ उनले विधेयक प्रक्रियामा गएकाले फिर्ता नलिइएको बताउँदै सहमतिमै परिमार्जन गरिने प्रतिवद्धता जनाए ।
अर्थमन्त्री रामजी बरालले घमण्ड र अंहकारले दुर्दशामात्रै निम्तने बताए । उनले अहिले पनि चारैतिर अराजकता फैलिएको बताउँदै राष्ट्रिय एकता नै समस्याको समाधान भएको जिकिर गरे । प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लोकतन्त्र विपरीत रहेर आमसंचार विधेयक ल्याउने तयारी हुँदा विपक्षीमा रहेर आफूहरुले नै विरोध गरेको स्मरण गर्दै मिडियामैत्री कानून नै सरकारको प्रतिवद्धता भएको बताए । ‘योभन्दा पहिलाको सरकारले संचार विधेयक ल्याउँदा राम्रो भएन भनेर परिमार्जन गरी ल्याउनुपर्दछ भन्दै रोष्टोममा बोल्ने पार्टी हामी हौँ’, उनले भने,‘आफै आज सत्तामा जादाँ संचारको विरुद्धमा जादैनौँ ।’





