बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

एयरपोर्ट संचालन सहजीकरणको लागि समिति

एयरपोर्ट संचालन सहजीकरणको लागि समिति


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७८, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहजीकरण गर्न ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ ।
विमास्थलको भौतिक निर्माण ८० प्रतिशत सकिए पनि संचालनको ढल निकास,उडानमा अवरोध गर्ने डाँडा कटानलगायतका समस्या ज्यूँकात्यूँ रहेको बेला प्रदेश सरकारले यो निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवसथामन्त्री कुमार खड्काका अनुसार प्रदेश सरकारका पर्यटनमन्त्री मणिभद्र शर्माको संयोजकत्वमा गठित समिति ९ सदस्यीय रहेको छ । समितिमा पोखरा महानगरपालिका प्रमुख वा उपप्रमुख, गण्डकी सरकारका मुख्यसचिव ,योजना आयोगका उपाध्यक्ष ,अर्थ र भौतिक सचिव,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष र विमानस्थलका परियोजना प्रमुख सदस्य रहेका छन् । समितिको सदस्य सचिवको भूमिका पर्यटन मन्त्रालयका सचिवले सम्हाले मन्त्री खड्काले जानकारी दिए । मन्त्री खड्काका अनुसार समितिल पर्यटन मन्त्रालयका सचिव सदस्य सचिव जनता,सरकार र आयोजनाबीच पुलको काम गर्नेछ ।

मन्त्री खड्काका अनुसार सरकारले सवारी साधनका हुँदै आएको अनावश्यक खर्च कम गर्न सवारी साधनको तथ्याङ्क संकलन एवं मर्मत गरेर संचालन आउने सवारी साधनलाई पुनः संचालन अध्ययनको लागि एक समिति पनि गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका सचिव संयोजक रहेको सो समितिमा अर्थ र भौतिक मन्त्रालयका सचिव सदस्य रहेका छन् । प्रदेश सरकारले सवारी साधनमा एकरुपता र खर्च कम गर्ने नीति लिएकाले सो समितिलाई त्यसबारे सुझाव दिन भनिएको पनि मन्त्री खड्काले बताए ।

मन्त्रिपरिषद्को कात्तिक ३,८ र १५ गतेको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खड्काले दमौली अस्पतालको लागि थप जमिन प्राप्त गर्न संघ सरकारसँग माग गर्ने, प्रदेश नीति तथा योजना आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश गर्ने, अस्पताल गठन आदेश २०७७ एवं संक्रामक तथा सरुवा रोग अस्पताल संचालन गठन आदेश संशोधन गरिएको पनि जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालय कास्कीको लागि ९२ जना कर्मचारीको दरबन्दी स्वीकृत तथा नमूना कार्यालय छनौट कार्यविधि स्वीकृत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->