बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पत्रकारितालाई राज्यले सहयोग गर्नुपर्छ : मन्त्री कंडेल

पत्रकारितालाई राज्यले सहयोग गर्नुपर्छ : मन्त्री कंडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७८, बिहिबार

बागलुङ/गण्डकी प्रदेशका उद्योग बाणिज्य, पर्यटन तथा आपूर्ति मन्त्री मणभद्र शर्मा कंडेलले पत्रकारिता लाई राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । उनले चुनौतीपूर्ण पेशामा खटिएका पत्रकारको सुरक्षामा राज्यको कार्यक्रम आबस्यक भएको बताए ।
बागलुङबाट प्रकशित हुने मुक्तिक्षेत्र दैनिकको १२ औं वार्षिकोत्सवको उद्घाटन गर्दै कंडेलले पत्रकारिता लोकतन्त्रको पहरेदार भएकोे यो क्षेत्र सुरक्षित र स्वच्छ बन्नुपर्ने धारणा राखे । ‘जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकार र संचार माध्यम बचाउन राज्य तयार हुनुपर्छ’ उनले भने, ‘जसले जोखिम मोल्छ उनीहरुलाईनै संरक्षण नगरे पत्रकार पलायन हुने र लोकतन्त्रपनि धरापमा पर्छ ।’ देश बिदेशमा धेरै पत्रकारले जोखिम मोलेर काम गरेको देखेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष दिल शिरिषले खोजी पत्रकारिता आजको आबस्यकता भएको बताए । उनले प्रश्न गर्न छाडेको दिन खोजी पत्रकारिताको अन्त्य हुने भन्दै संचार संस्थाले खोजी पत्रकारिता गर्न सुझाव दिए । नेपाल पत्रकार महासंघ धौलागिरि शाखाका संस्थापक अध्यक्ष नारायणदत्त कंडेलले पत्रकारिताका धार र शैली परिवर्तन भएपनि छापा पत्रकारिताको महत्व जोगाउनु पर्ने धारणा राखे । ‘कलमले समाचार लेखिन्थ्यो र ? भन्ने जनामा आएको छ, तर पुरानो छापालाइ निरन्तरता दिन सक्नुपर्छ’ उनले भने, ‘दुूत समाचारकालागि आएका अनलाइन भन्दा पत्रपत्रिका विश्वसनीय छन् ।’
मुक्तीक्षेत्र दैनिकका सम्पादक धनराज सापकोटाको अध्यक्षता, सहसम्पादक नरेश कंडेलको संचालन र पत्रकार संगम घर्तीमगरको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य रन्जिता शर्मा, आदर्श संचार सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी जिसी र सयपत्री एफएमका अध्यक्ष जगन्नाथ आचार्यले संचार संस्था बचाउन नसके पत्रकारिताको भविष्य पनि अन्यौल हुने भन्दै संस्थाहरु बचाउने जिम्मा सबैको भएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->