शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रेस सेन्टर बागलुङले एकैसाथ स्थापना गर्यो दुई पुरस्कार कोष

प्रेस सेन्टर बागलुङले एकैसाथ स्थापना गर्यो दुई पुरस्कार कोष


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७८, बिहिबार

बागलुङ – प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । प्रेस सेन्टर बागलुङको पाचौं जिल्ला सम्मेलनकाअवसरमा नगद एक एक लाख रुपैयाँको पुरस्कार कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

गलकोट नगरपालिका-७ मल्म घर भई हाल जापानमा कर्म गरिरहेका दुई युवाहरु हर्क थापा र विकास खडका सुन्दरले आफ्ना दिवंगत माता पिताको सम्मान र सम्झनामा एक एक लाखको स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चका एशिया प्यासिफिक संयोजक तथा गलकोट समाज जापानका पूर्व अध्यक्ष समेत रहेका युवा समाजसेवी हर्क थापाले आफ्ना दिवंगत पिता भक्तबहादुर थापा र माता जगकुमारी थापाको स्मृतिमा १ लाख रुपैयाँको पुरस्कार कोष स्थापना गरेका हुन । स्वर्गिय बाबा भक्त बहादुर थापा साविक मल्म गाविस वडा नम्बर ७ का वडा वडा सदस्य थिए ।

यसैगरी, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी बागलुङ जिल्ला सदस्य तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार समाजसेवी विकास खडका सुन्दरले आफना दिवंगत पिता श्याम बहादुर खडका र माता चन्द्रकली खडकाको स्मृतिमा नगद रु. १ लाखको पुरस्कार कोष स्थापना गरेका छन । स्वर्गीय श्याम बहादुर खडका साविक मल्म गाविस वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष हुन् ।

पत्रकारिका समाजको ऐना भएकाले यसले आमनागरिकलाई सहि सुचना प्रदान गर्दै पत्रकारिता मार्फत समाजको सम्वृद्विमा टेवा पुगोस र पत्रकारिताको विकास र यसमा थप आकर्षण बढाउने उदेश्यले पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको थापा र खडकाले बताए ।

दुवै पुरस्कार कोषको वार्षिक ब्याजबाट प्राप्त हुने रकमबाट जिल्लामा निष्पक्ष, जनउत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक समाचार तयार गर्ने सक्रिय २ जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने सेन्टरका उपाध्यक्ष सज्जन कुमार सिंहले बताए । त्यसका लागि आवश्यक कार्यविधि तयार गरेर कोष र पुरस्कार वितरणलाई व्यवस्थित बनाइने उनको भनाई छ । सेन्टरले बागलुङमा पहिलो पटक पत्रकारिता स्मृति पुरस्कार स्थापना गरेको र यसले पत्रकारिताको क्षेत्रमा थप सेवा पुग्ने संगठनका सचिव अनिश खातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->