यस्तै, संगठन विभाग प्रमुखमा डा. बेदुराम भुसाल रहेका छन्। उपप्रमुखमा प्रकाश ज्वाला छन्। शिक्षा विभागको जिम्मा डा. गंगालाल तुलाधरलाई दिइएको छ। विभागको उपप्रमुखमा लक्ष्मण केसी रहेका छन्। विपत् व्यवस्थापन विभागको प्रमुख पनि तुलाधर नै रहेका छन्। सहकारी विभागको जिम्मेवारी गोविन्द कोइरालाले पाएका छन् भने टेकप्रसाद चौलागाईं उपप्रमुख छन्।

समाजवादीले विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव डा. गंगालाल तुलाधर र डा. विजयकुमार पौडेल सदस्य रहेको वार्ताटोली गठन गरेको छ । वार्ताटोलीले वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्ने तुलाधरले जानकारी दिए ।
केन्द्रीय सचिवालयको बुधबार बसेको चौथो बैठकले वार्ताटोली बनाएको तुलाधरले बिहीबार प्रेस वक्तव्य जारी गरेर जनाएका छन् । बैठकले केन्द्रीय कार्यालयबाट भएका केन्द्रीय कमिटीको प्रथम बैठकबाट पारित राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार एवं कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन– २ र अन्तरिम विधान–२०७८ को सम्पादन तथा प्रकाशनलगायतका कार्यहरूको अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
संयुक्त सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीहरूले पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी ढंगले काम गर्ने, मन्त्री तथा मुख्यमन्त्री सल्लाहकारहरूको नियुक्ति र सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेअनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णयअनुसार काम गर्ने निर्णय बैठकले गरेको छ ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौंमा गर्ने भएको छ । बैठकले विभिन्न केन्द्रीय विभागहरू पनि गठन गरेको छ । बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रुपमा लिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको तुलाधरले जानकारी दिए ।





