बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

यसपटक विदेशमा रहेका नेपालीको पनि गणना गरिदैं

यसपटक विदेशमा रहेका नेपालीको पनि गणना गरिदैं

‘विदेशमा कति नेपाली छन् भन्ने विवरण राज्यसँग छैन, सही विवरण थाहा पाउन जनगणना एउटा अवसर हो’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७८, शुक्रबार

काठमाडौं – राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा केन्द्रीय तथ्यांक विभागले विस्तृत विवरण संकलन गर्ने भएको छ । यसले अब विदेशमा भएका नेपालीको यकिन विवरण खुल्नेछ ।
आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीको यकिन विवरण राज्यसँग छैन । वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर गएका नेपालीको मात्रै संख्या छ ।
कानुनी जटिलताले श्रम स्वीकृति लिन नपाएका श्रमिक भिजिट भिसा लिएर गन्तव्य देशमा कार्यरत छन्, उनीहरूको यकिन विवरण विभागसँग छैन । करार अवधि समाप्त भई फर्केर नेपालमै श्रम गरिरहेको विवरण पनि विभागसँग छैन, जसले गर्दा सरकारी अधिकारी नै हचुवाका भरमा फरक-फरक विवरण पेस गर्दै आइरहेका छन् ।
२०६८ को जनगणनामा विदेशमा १९ लाख २१ हजार जना रहेको देखिएको थियो । रेग्मीले जनगणनामा सहभागी हरेक मानिसको गोपनीयताको हकलाई कानुनी रूपमा सुरक्षित गरेको भएकाले ढुक्क भएर विवरण दिन आग्रह गरेका छन् । विभाग एक्लैको प्रयासले जनगणना सम्भव भएकाले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय जनगणना निर्देशक समिति बनेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षताम विभिन्न मन्त्रालयका सचिव, तथ्यांक विभागका महानिर्देशक र विश्वविद्यालयका जनसंख्या विभाग सदस्य छन् ।
‘कोभिडपछिको नेपालको विकास र नीति निर्माण अघि बढ्ने भएकाले जनगणनामा कोही पनि नेपाली छुट्नु हुँदैन । वैदेशिक रोजगारीमा गएका श्रमिक र बहिष्करणमा परेकाको तथ्यांक संकलन गर्नुको निकै महत्त्व छ’, थाइल्यान्डमा रहेका एनपीआईका अध्यक्ष खगेन्द्रराज ढकालले भने, ‘स्वदेशमा अनुपस्थित जनसंख्या कहाँ छन् ? उनीहरू के गर्दैछन् भन्ने तथ्यांक अपूर्ण भए हाम्रो विकास योजना अपुरो हुन्छ ।’ एनपीआईमा प्रवासमा रहेका नेपाली मूलका विज्ञ र अनुसन्धानकर्ता संलग्न छन् । उनले विदेशमा रहेका नेपालीलाई जनगणनामा नछुटाउन विदेशमा रहेका संघसंस्थासँग तथ्यांक विभागले समन्वय गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->