बागलुङ – जिल्लाको काठेखोला-२ भीमापोखराबाट सदरमुकाम बागलुङ बजार आइ वसोवास गरेका ब्यक्तिहरुको भेलाले भीमापोखरा कल्याण समाज गठन गरेको छ । कल्याण समाजको अध्यक्षमा सेवानिविर्त प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की चयन भएका छन् । कल्याण समाज साझा सामाजिक संस्था भएको अध्यक्ष कार्कीले वताए ।
समाजको उपाध्यक्षमा बल बहादुर भण्डारी, सचिवमा डिल्ली राज उपाध्याय, सहसचिवमा शिव प्रसाद शर्मा, कोषाध्यक्षमा राजु गौतम र सदस्यहरुमा राजु निउरे, छबिलाल थापा, अनिल शर्मा, बिष्णु थापा, बालकृष्ण शर्मा, तुलसी परियार, पबित्रा मल्ल थापा, कोपिला उपाध्याय रहेका छन् ।

कल्याण समाजले भीमापोखरासंगको समबन्धलाई जिवित राख्दै त्यहाँको विकास र समस्यामा परेकाहरुलाई सहयोग गर्ने उदेश्य राखेको छ । यसभन्दा अगाडि गठन भएको भीमापोखरा समाज निश्क्रिय भएकाले कल्याण समाजलाई सामाजिक संस्थाको रुपमा गठन गरिएको हो । यसलाई कल्याणकारी काममा सक्रिय बनाईने अध्यक्ष कार्कीले वताए ।






