बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छियाछिया बाटो, यात्रुलाई कष्ट

छियाछिया बाटो, यात्रुलाई कष्ट


  • विनोद ढुंगाना
  • कार्तिक २३ २०७८, मंगलबार

खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुदाँ सडकमै पोखरी बनेको छ । सडकको बीचमा दुर्घटनाको पासो थापे जस्तै खाल्डाखुल्डी छन् ।

तनहुँ/गएको असार साउनमा बर्षासँगै आएको बाढी पहिरोले ढोरवाराही मोटरमार्गको सडक छियाछिया बनाएको छ । दुलेगौँडादेखि साँखेसम्मको ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको सडक समयमा मर्मत सम्भार नहुदाँ कष्टकर जोखिमपुर्ण यात्रा गर्न बाध्य छन्, यात्रु ।

तनहुँलाई स्याङजा जिल्लाको ग्रामीण भेगसँग जोड्ने प्रमुख सडक हो यो । दुलेगौँडा बजारदेखि स्याङजाको हरिनास गाउँपालिका, विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका ग्रामीण भेगमा यहीं मोटरमार्ग भएर सवारी साधन आउजाउ गर्छन् । शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी, राईपुर र फिरफिरेका गाउँगाउँका सर्वसाधारणले सवारी यात्रा गर्ने सडक हो ।

गाउँगाउँ पुग्ने प्रमुख सडकको दुलेगौंडा बजारबाट नजिकै पुल्चोकदेखि सुरु भएको पहिरो गाउँगाउँसम्म छ । साँघुरो सडक त्यहीमाथि पहिरोले ठाउँठाउँमाभत्किँदा कालोपत्रे सडकमा पनिकष्टकरपूर्ण यात्रा गर्नुपरेको यात्रुहरुको गुनासो छ । बाढी पहिरोले सडक भत्किएको मात्रै छैन्, कतै नाला पुरिएका छन् । खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुदाँ सडकमै पोखरी बनेको छ । सडकको बीचमा दुर्घटनाको पासो थापे जस्तै खाल्डाखुल्डी छन् ।
स्वास्थ्य उपचार होस् या किनमेल । स्थानीय कृषि उपजलाई विक्रि वितरण गर्न पनि बजार पुग्नैपर्छ । तर सडकका सबै अवरोध छिचोलेर गाउँबाट बजार पुग्न निकै कष्टकर हुने यात्रु कमला पोखरेल बताउँछिन् । ‘अफ्ठ्यारो सडकमा यात्रा गर्दा समयमा पुग्न सकिदैँन् ।जोखिमपनि छ’, उनले भनिन् ।

बेलाबेलामा सडकको नाला सरसफाई र मर्मतसम्भार भईरहे सडकमा कम क्षति हुने उनको भनाइछ । ‘बाटो खनिन्छ मात्रै स्तरोन्नती हुँदैन । खन्ने बजेट पार्ने, मर्मत स्तरोन्नति गर्ने काम नहुने चलन छ उनले भनिन् । सडक कालोपत्रे भएपछि मर्मतसम्भारमा ध्यान नपुगेको उनले बताइन् ।

कन्तबिजोग अवस्थामा रहेको सडकमा भगवान पुकार्दै सवारी चलाउनु परेको सवारी चालक राम बस्याल बताउँछन् ।सडकसँगै नालाको मर्मत र सरसफाईमा चासो नदिदाँ ज्यानको बाजी लगाएर सवारी चलाउनु परेको उनले बताए ।
ढोरबाराही मोटरमार्ग हुँदैज्याग्दी करिडोरबाट लुम्बिनी प्रदेशसँग गण्डकी प्रदेशलाई जोड्ने भएकाले यो केन्द्रिय महत्वको सडक हो । तर केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदाभत्किएको सडक अलपत्र छ । समयमै मर्मत हुन सकेको छैन।

यो सडकका लागी गत आर्थिक वर्षमासडक बोर्ड अन्र्तगत६४ लाख रुपैयाँ बजेट आएको थियो । उक्त रकमले सडक मर्मतका लागि ट्रेन्डर आह्वान गरी ठेक्का सम्झौता भइसकेको शुक्लागण्डकी नगरपालिका१० का वडाध्यक्ष रामचन्द्र भण्डारी बताउँछन् । ‘निर्माण कम्पनीले एकपटक कार्यस्थलको निरिक्षण गरिसकेको छ । अब छिट्टै काम सुरु गर्छ होला,’ उनले भने ।

प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन नगर्दा स्थानीय सरकारको बजेटपर्याप्त नदेखिएको वडाध्यक्ष भण्डारीको भनाइछ । ‘वडाले नगरले एउटै सडकलाई ठूलो रकम विनियोजन गर्न सक्ने अवस्था छैन। नगरले आफू सक्दो गरेको छ । प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी देखिन्छ,’ उनले भने ।

नगरपालिकालेसडक मर्मत गर्न विनु कन्ट्रक्सन प्राली कास्कीलाई ठेक्का दिएको छ । गत १८ साउनमा ४५ लाख ४१ हजार ९ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका ईञ्जिनियर तारापती भट्टराईले जानकारी दिए ।
ठेक्का अन्तर्गत ढोरवाराही खोलामा स्ल्याब कल्भर्ट निर्माण हुनेछ । भट्टराईका अनुसार भत्किएको कालोपत्रे सडक मर्मत र ग्याविन नाला निर्माण पनि गरिनेछ । यही कात्तिक मसान्तसम्म काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर कात्तिकको तेस्रो सातासम्म जिम्मा लिएको निर्माण कम्पनीले काम गरेको छैन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->