पोखरा/ पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा ७ औं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला, महासचिवमा अमृत पोखरेल, सहसचिवमा प्रकाश कटवाल र कोषाध्यक्षमा ऐन भट्टराई चुनिएका छन् ।
क्लबका कानुनी सल्लाहकार शुकेदव गौतम संयोजक तथा हरिप्रसाद भट्टराई र डिल्लीराम आचार्य सदस्य रहेको निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यसमितिका सदस्यहरुमा डोलराज लम्साल, प्रदीप पौडेल, गणेशप्रसाद भट्टराई, गोपी उप्रेती, प्रेमबहादुुर कार्की र दानबहादुर श्रेष्ठ रहेका छन् ।
सञ्जय श्रेष्ठ र माधव आचार्यले कार्यसमिति सर्वसम्मत बनाउन विशेष पहल गरेका थिए । यसअघि साधारण सभाले सचिव दीपक बास्तोला र कोषाध्यक्ष गणेशप्रसाद भट्टराईको प्रतिवेदन पारित गरेको थियो ।





