शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

प्राविधिक पढाउन देउसी भैलो

प्राविधिक पढाउन देउसी भैलो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

बागलुङ/धारा माध्यमिक विद्यालय तंग्राम बागलुङले प्राविधिक शिक्षा अध्यापनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने स्रोत जुटाउन देउसी भैलो कार्यक्रमबाट सहयोग संकलन गरेको छ । तिहारको अवसरमा सञ्चालित देउसी भैलो कार्यक्रमबाट विद्यालयले २० लाख ५९ हजार रुपैयाँ सहयोग संकलन गरेको हो ।

काठेखोला गाउँपालिका ४, तंग्राममा रहेको विद्यालयले ‘व्यवहारिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता, सर्वसुलभ, प्रविधिमैत्री गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने उद्घोषका साथ देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको थियो ।
हाल सञ्चालनमा रहेको गणित र विज्ञान विषयको व्यवस्थापन तथा आगामी दिनमा कृषि विषयमा पठन पाठन सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर थापादले बताए । विद्यालयले प्राविधिक शिक्षा अध्यापन गराउने दिर्घकालिन योजना निर्माण गर्ने भनेको छ ।

कात्तिक १८ देखि २२ गतेसम्म सञ्चालित कार्यक्रमबाट उक्त रकम संकलन भएको हो । देउसी भैलो कार्यक्रम शैक्षिक अभियानका रुपमा सञ्चालन गरेर अभिभावकहरुको साथ पाएको थापाले बताए । विद्यालयले धेरै वर्ष पहिलेदेखि नै आर्थिक रुपमा विपन्न बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, विद्यालयका पूर्वाधार निर्माण गर्ने, अपुग जनशक्तिको व्यवस्थापन तथा अतिरिक्त कक्षा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्न देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने गरेको थियो ।

चार दिनमात्रै सञ्चालन गरिएको देउसी भैलोमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानध्यापक कमला थापाले बताइन् । ‘शैक्षिक अभियान भएकाले हामि औसत अभिभाकका सामु पुग्यौं, सबैले साथ र सहयोग दिनुभयो,’ थापाले भनिन्, ‘यो अभियान बालबालिकाको उज्वल भविश्यको लागि हो ।’ तंग्राका विभिन्न दश स्थानमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेर विद्यालयले अभिभावकबाट दान संकलन गरेको थियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->