बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

हेमजामा ट्राफिक सचेतना

हेमजामा ट्राफिक सचेतना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७८, शुक्रबार

पोखरा/ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा २५, हेमजाले बिहीबार ट्राफिक सचेतना कार्यक्रम बिहीबार गरेको छ । कार्यक्रममा पैदल यात्रीे कसरी सुरक्षीतका साथ बाटोमा हिड्ने, बाटो काट्ने भन्ने बारे सचेतना गराइएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक सुशील थापा र प्रहरी नायब निरीक्षक भीम ओलीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखरा २५ वडाध्यक्ष शोभाकर तिम्सिनासहितस्नो भ्यु इङलीस बोर्डिङ स्कुल, विष्णु पादुका मावि, ज्ञान सागर एकेडेमी र अम्बिमा माविका विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, अस्थायी प्रहरी बिट हेमजाका प्रतिनिधि, वडा प्रहरी कार्यालय वगरका प्रतिनिधि, हेमजा युनाइटेड, लियो क्लव अफ हेमजा र हेमजामा रहेका क्लब र सघंसंस्थाको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->