बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्व मधुमेह दिवशः ‘स्वास्थ्यको ख्याल गरौं’

विश्व मधुमेह दिवशः ‘स्वास्थ्यको ख्याल गरौं’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७८, आइतबार

बागलुङ – विश्व मधुमेह दिवशको अवसरमा बागलुङमा निःशुल्क रगत परीक्षण गरिएको छ । सर्वसाधारणलाई बोलाएर स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले परीक्षण गराएको हो ।
मानिसको शरिरमा सुगरको मात्रा बढी भएपछि मधुमेह हुने गर्छ । सामान्यतया खानपानले सुगर बढ्ने भएपनि नियमित शारिरीक व्यायाम गर्दा मधुमेहबाट बच्न सकिने बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘खानपानमा सामान्य ध्यान दिने र शारिरीक व्यायाम गर्ने, पसिना निकाल्ने काम गर्दा यो रोगबाट बच्न सकिन्छ’ खनालले भने, ‘बढी सकेको अबस्थामा मानिसको आँखा र मुटुमा बढी असर पर्छ ।’ मानव सरिरमा इन्सुलिनको मात्रा कम भएमा सुगर बढ्ने र त्यस्तो मानिसले नियमित औषधी सेवन गर्नुपर्ने उनले बताए ।

अत्याधिक बढी सुगर भएका बिरामीले इन्सुलिन सुइ समेत लगाउने गर्छन् । शरिर कमजोर हुने, बारम्बार तिर्खा र भोक लाग्नु, निरन्तर पिशाव लाग्नु, हातगोडा झमझमाउनु, दृष्टी कमजोर हुनु यो रोगका लक्षण हुन् । त्या अबस्था आउनै नदिनेगरी सर्तक हुन आम नागरिकलाई उनले आग्रह समेत गरे ।

‘मधुमेह नियन्त्रणकालागि हरेक नागरिकले आफ्नो स्वास्थ्य आँफै ख्याल गर्ने हो’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘बागलुङमा २ हजार २ सय ४१ ज्ना नियमति औषधी सेवन गर्ने मधुमेह रोगी छन् ।’ उक्त तथ्यांक यकिन भने नभएको उनले बताए । त्यसैले हरेक नागरिकबाटै आफ्नो चासो गर्दा सहज हुने उनी बताउँछन् । नियमित औषधी सेवन गर्नेहरुको अबस्था भने केही स्वास्थ्य चौकी र अस्पतालमा रहने उनले बताए ।

मधुमेह लागिसकेको व्यक्तिले भने नियमित औषधी सेवन गर्ने, प¥र्याप्त पानी पिउने, सुर्ती तथा मदिराजन्य बस्तु सेवन नगर्ने, नियमित व्यायाम तथा योग गर्ने, कार्वोहाइड्रेड कम भएको खान खाने र मोटोपन हटाउनुपर्ने खनालले जानकारी दिए । सामान्य रक्तपरीक्षणबाट मधुमेहको अबस्था थाहा पाइने भएकोले आइतवार दिवशको अबसर पारेर परीक्षण गरिएको उनको भनाइ छ ।
त्यस्तै बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १८ बर्ष माथीका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने काम सुरु भएको छ ।

यस अघि विभिन्न उमेर समूहमा लगाइएको खोप अब भने सबैलाइ दिन थालिएको हो । ‘आएको खोपले बाँकी सबैलाई पुग्छ भन्ने लागेर दिन थालियो’ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भने, ‘दिर्घ रोग भएका तथा अपांग छन् भने १२ बर्ष माथीका बालबालिकालाईपनि खोप दिइनेछ ।’ १८ बर्ष माथीकालाई नगरपालिकाको अगुवाइमा खोप लगाउन थालिएको हो भने बालबालिकालाई धौलागिरि अस्पतालबाट खोप दिइनेछ । आइतवारदेखिनै खोप अभियान चलिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->